दक्षिण कोरिया,
२८ चैत । दक्षिण कोरियामा कार्यरत नेपालीहरुले कोरोनाविरुद्धको अभियानका लागि सामग्री पठाएका छन ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियन्ताहरुको सहकार्यमा सुरु गरिएको अभियान मार्फत ४ हजार कोरोना टेष्टिङ किटसहित ८० लाखभन्दा बढीको औषधिजन्य सामग्री नेपाल पठाईएको हो ।
प्रतिकिट २० डलर पर्ने उक्त किटले कोरोना लागे/नलागेको तीन घण्टामा नतिजा दिन्छ । उनीहरुले उक्त सामग्री औपचारिकरुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत रामसिंह थापालाई विहीबार हस्तान्तरण गरेका थिए ।
उनीहरुले यस अघि नै ‘एक व्यक्ति, एक हेल्थ किट अभियान’ सुरु गरेका थिए । जहाबाट आर्थिक संकलन गरि यो अभियान सफल पारेका हुन् ।