उर्लाबारी । उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले राहतमा हुने खानेले गिद्धे नजर लगाउन हुने बताउनु भएको छ ।
पत्रकारहरुसँगको कुराकानीमा बोल्दै उहाँले लकडाउनका कारण भोकै बस्न बाध्य भएका परिवारलाई राहत स्वरुप प्रदान गरिएको कारण अन्यले त्यसमा गिद्धे नजर लगाउन नहुने बताउनुभएको हो । पहिलो चरणको राहत वितरण पश्चात विभिन्न गुनासो आइरहेको उल्लेख गर्दै उहाँले हुने खानेलाई नभई हुँदा खानेलाई राहत वितरण गरिरहेको प्रष्ट पार्नुभएको छ । उहाँले तीन भन्दा बढीको सेवा सुविधा उर्लाबारी नगरपालिकाको विपद कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
https://www.youtube.com/watch?v=Gi1wX1C6Gr4&fbclid=IwAR1k1lbOENRVdQci8w8tRycooSDj_OXIkd-l-IXFliofncJYtSox8xXFbAE