•  २८ चैत्र, उर्लाबारी / बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बाट निम्तिएको बिपत्तीमा मानव स्वास्थ्यमा आइ परेको बिश्वब्यापी चुनौतिलाइ सामना गर्न सरकारको निर्देशन बमोजिम देस भरका स्थानिय तहहरुले आ-आफै राहत सन्कलन र बितरण गर्दै आएका छ्न ।

     

    यसै प्रसङ्गमा यता प्रदेस न १ को कानेपोखरी गाउँपलिकाले भने एक दाताको आर्थिक सहयोग रकम अस्विकार गरेको खबर प्राप्त भएको छ । नेपाली काङ्ग्रेस महा-समिती सदस्य तथा मोरङ छेत्र न ३ का प्रतिनिधि सभा उम्मेद्बार डा. सुनिल सर्माले रु ५ लाख सहयोग उपलब्ध गर्न कानेपोखरि गाउपालिकका प्रतिनिधिलाइ बेलबारी नगरपालिका बोलाउदा आधिकारिक रुपमा जानकारी प्राप्त नभएकोले सहयोग अस्विकार गरिएको बताइएको छ ।

     

    कानेपोखरि गाउपालिकाका प्रबक्ताले चैत्र २७ गते सामाजिक सन्जाल मार्फत प्रेस बिज्ञप्ति जारी गरि आधिकारिक जानकारी नआएको कारण सहयोग अस्विकार गरिएको ब्यहोराको उल्लेख गरि जनमानसमा थप भ्रम सिर्जना गर्ने निन्दनिय र गम्भीर कार्य गरेको हुदा हुदा यश कार्यप्रती नेपाली काङ्ग्रेस कानेपोखरीको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तिमा उल्लेख छ ।

     

    साथै आगामी दिनमा नेपाली काङ्ग्रेसले आफै राहत सन्कलन गर्ने र बितरण गर्ने ब्यहोरा सहितको जानकारि आज काङ्ग्रेस द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । साथै काङ्ग्रेसले सहयोग गर्ने इच्छुक महानुभाब हरुलाइ रास्टिय बाणिज्य बैंक बयरबन साखाको खाता न २४००००००५६०१ मा सहयोग रकम जम्मा गरिदिनुहुन अपिल गरिएको जानकारी नेपाली काङ्रेस कानेपोखरि गाउँपालिकाका सभापती योगेन्द्र दाहाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…