• रातोकलम अनलाइन।

    चैत-२८,क्वालालम्पुर।

    मलेशियन सरकारले नोभेल कोरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि सुरु गरेको movement control order पुन तेस्रो पटक १४ दिन थप गरेको छ ।

    गत मार्च १८ तारीख बाट १४ दिनको लागि आवागमन रोकको आदेश जारी गरेकोमा मिति सार्दै पुन तेस्रोपटक अप्रिल २८ सम्म थप गरिएको मलेशियाली प्रधानमन्त्री मुहिद्दिन यासिनले पत्रकार सम्मेलन मार्फत आज घोषणा गर्नुभएको हो।

    मलेशियामा मोभमेन्ट कन्ट्रोल अर्डर अवधीभर अन्तरास्ट्रिय उडान तथा सवै विदेशी नागरिक प्रवेशमा रोक लगाएको छ। भने सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ ।साथै खेलकुद, धार्मिक,मनोरञ्जनात्मक गतिविधि लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ ।

    मलेशियामा हालसम्म ४२ सय २७ जनामा संक्रमण देखिएको छ भने उपचार पछी १६ सय ०८ जना घर फर्किएका छन् ।यस्तै मलेशियाका विभिन्न अस्पतालमा हालसम्म २५ सय ५३ जना उपचाररत रहेका छन् भने
    कोरोना भाइरसको कारण मलेशियामा ६७ जनाको मृत्यु भई सकेको छ ।

    कोरोनाको सङ्क्रमण यो साता अघिल्लो अवस्थामा भन्दा केही सुधार आएको छ।यसलाई मध्यनजर गर्दै त्यहा स्थित नेपाली दूतावासले आफ्ना नागरिकलाई कोरोना रोकथामका लागि मलेसियन सरकारले जारी गरेको आवागमन रोकको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ ।

    आवागमन रोक को अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन,भिडभाडमा नजान तथा गलत जानकारी र अफवाहको पछी नलागी आधिकारिक सुचना मात्रै पढ्न दूतावासले समेत सबै नेपालीलाई आग्रह गरेको छ ।भने हालसम्म नेपालिहरुमा कोरोनाको जोखिम खासै देखिएको छैन।

    [caption id="attachment_79368" align="alignnone" width="304"] नेपाली राजदुतावास मलेशिया द्वारा जारी सुचना।[/caption]

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…