काठमाडौं, २८ चैत । कीर्तिपुर नगरपालिकाले आफ्नो क्षेत्रमा डेरामा बसिरहेका विद्यार्थीहरुलाई पनि राहत दिने भएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै डेरामा बस्ने तथा खाद्यानन अभाव भएका विद्यार्थीहरूलाई राहतका लागि फारम भर्न आग्रह गरेको हो ।
कीर्तिपुर नगरपालिकाले क्षेत्रमा कोठा भाडामा लिई बसोबास गर्ने र खाद्यान्नको अभाव भएका सम्पूर्ण विद्यार्थी वर्गको लागत राख्नु पर्ने भएकोले वडा कर्यालयमा सम्पर्क गर्न सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले आफ्नो वेबसाइटमा राखिएको फारम भरी वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । फारम भर्दा विद्यार्थीहरूले आफ्नो परिचयपत्र र नागरिकताको फोटोकपी अनिवार्य बुझाउनुपर्ने छ ।