• अमेरिकामा कोरोना भाइरसबाट एकैदिन २ हजार ३७ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ।

    संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख २ हजार ४९ पुगेको छ। शुक्रबारसम्म सबैभन्दा धेरै मृत्यु न्युयोर्कमा भएको छ। त्यहाँ हालसम्म ७ हजार ८ सय ४४ जनाको मृत्यु भइसकेको छ भने १ लाख ७२ हजार बढीमा संक्रमण रहेको छ। त्यस्तै न्युजर्सीमा १९ सय ३२ जनाको मृत्यु भएको छ भने ५४ हजार बढी संक्रमित रहेका छन्।

     

    मचििगनमा भने १२ सय ८१ जनाको मृत्यु भएको छ भने २२ हजार बढीमा संक्रमण रहेको छ। आज बिहानसम्म मृत्यु हुनेको संख्या १ लाख २ हजार ५ सय २५ पुगेको छ। फ्रान्स र बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै १–१ हजार जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म १३ हजार जनाको मृत्यु भएको छ भने बेलायतमा मृत्यु हुनेको संख्या ९ हजारको नजिक छ। स्पेन र इटलीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या केही घटेको छ।

     

    स्पेनमा ६ सय ३४ र इटलीमा ५ सय ७० जनाको मृत्यु भएको छ। हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ। इटलमी मृत्यु हुनेको संख्या १८ हजार ८ सय नाघेको छ। यस्तै विश्वभर संक्रमितको संख्या १७ लाख नजिक पुकेको छ । स्पेनमा ५ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख ५८ हजार पुगेको छ ।

     

    इटलीमा संक्रमितको संख्या एक लाख ४७ हजार, फ्रान्समा १ लाख २५ हजार ९ सय तथा जर्मनीमा एक लाख २२ हजार पुगेको छ । यस्तै भारतमा संक्रमितको संख्या ७ हजार ५ सय ९८ पुगेको छ । संक्रमणपछि निको हुनेको संख्या विश्वभर ३ लाख ७६ हजार रहेको छ । १२ लाख मानिसको उपचार भइरहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…