काठमाडौं । गृह मन्त्रालय बढुवा समितिकाे सचिवालयले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका १० जना प्रहरी वरिष्ठ उपरीक्षकलाई प्रहरी नायब महानिरीक्षक(डीआईजीपी)मा बढुवाका लागि २०७६ चैत २८ गते सिफारिस गरेकाे छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्यसचिव रहेका छन् ।
[caption id="attachment_79436" align="alignnone" width="360"] (चाकडी, चाप्लुसी र शक्ति केन्द्र नधाइकन जागिरकाे साेझाे गर्ने एसएसपी अरूण कुमार बिसी )[/caption]
गृह मन्त्रालय बढुवा समितिकाे बढुवा सिफारिसमा पर्ने भाग्यमानी दश एसएसपीहरूमा घनश्याम अर्याल एक नम्बरमा सिफारिस हुने भाग्यमानी एसएसपी हुन् । त्यसैगरी दुई नम्बरमा पर्न सफल भएका छन् प्रकाशजंग कार्की । तेस्राे वरियतामा पर्न सफल हुनेमा बसन्तकुमार पन्त रहेका छन् । त्यसैगरी क्रमशमा परेका छन् ईश्वरबाबु कार्की, सहकुल वहादुर थापा, धीरजप्रताप सिंह, बसन्त कुमार लामा, रविन्द्र वहादुर धानुक, उत्तम राज सुवेदी र अरूणकुमार बिसी रहेका छन् ।
याे बढुवा सिफारिसलाई चरम राजनीतिक हस्तक्षेप भन्ने टिप्पणी पनि भइरहेकाे छ । कारणमा बढुवा सिफारिस गर्दा वरियतामा फेरि केही अधिकृत पीडित र केहीलाईवर्तमान सत्तासुखबाट लाभ प्राप्त भएकाे चर्चा पनि भइरहेकाे छ । हु न त नेपाल प्रहरीमा जब जब बढुवाका लागि सिफारिस गर्ने समय हुन्छ अथवा बढुवा सिफारिस गरिन्छ तब तब अन्याय भयाे, वरिष्ठ मिचियाे, माेटाे थैली भेटले काम गर्याे भन्ने गुनासाे नसुनिएकाे इतिहास पाउन मुस्किल नै पर्छ हाेला ? त्यस्ताे इतिहास बनाउँदै आएको गृह मन्त्रालयकाे कमाण्ड सम्हालेका मन्त्री रामबहादुर थापा बादल र गृहसचिव महेश्वर न्याैपानेकाे कार्यकालमा नयाँ इतिहास बनाउने अपेक्षा बढुवाकाे लाइनमा उभिएका वरिष्ठ प्रहरी उपरीक्षकहरू गर्नु नै गल्ती भयाे कि ?
चमत्कारी एसएसपी थापा !!
गृहसचिव महेश्वर न्याैपानेले पनि विगतका गृहसचिवकै शैलीमा एसएसपी सहकुलवहादुर थापालाई पाँच नम्बरमा घुसाएर आफ्नाे शक्तिकाे राम्राे परिचय दिएका छन् । एसएसपी सहकुलवहादुर थापा नेपाल प्रहरीमा 'भाग्यमानी अधिकृत' भनेर परिचय बनाउन सफल व्यक्ति हुन् । उनी जति बेला रक्तचन्द तस्करीकाे रामराज्य चलेकाे थियाे, त्याे समयमा (डीएसपी) सिन्धुपाल्चाेक जिल्ला प्रहरी प्रमुख रहेका थिए । त्यसपछि एसपीमा बढुवा भए अनि काभ्रेपलाञ्चाेक जिल्ला प्रहरी प्रमुख हुने अवसर पनि छाेपे । एसएसपीमा बढुवा भएपछि विराटनगर प्रहरी तालिम केन्द्रकाे प्रमुख अनि त्यसपछि महानगरीय प्रहरी अपराध महाशाखाकाे प्रमुख बन्ने अवसरका साथै अहिले भएकाे बढुवा सिफारिसमा पनि आफूभन्दा सिनियरलाई उछिन्दै पाँचाै नम्बरमा पर्न सफल भए मात्र हाेइन भविष्यकाे एआइजीकाे बढुवाका लागि पनि सजिलै बाटाे खाेल्न सफल भएका छन् ।
साँघु न्यूजबाट यो समाचार लिएका हौ ।