जब कतार इयर्लाइन्स को Qr 650 नम्बरको प्लेनबाट चैत ४ गते काठ्माण्डु झरेको थिए , भोलि पल्टै म घर आएको थे। पहिला मलाई यो ज्ञान भएन पनि , र कसैले म लाई त्यो सल्ला नी दिएनन । त बिदेस बाट आएको होस ,घर मै बसेता पनि परिबारबाट अलग बस्नु पर्छ भनेर।
म परिबार सङ घुलमिल भै सकेको थे। यतिमात्र मात्र होइन म गाउँ घर र अरनिको हस्पिटल मा नि घुलमिल भै सकेको थे।जब सोमबार दिउँसो ४ बजे को समचार मा चैत 4 गते आएको कतार इयरलाइन्समा फ्रान्स बाट कतार हुँदै नेपाल आएकी १९ बर्सिय युवती मा कोराना १९ को सक्रमन देखियो भन्ने सुन्न मा आयो म छागो बाट खसेको अनुभव गरे , किन कि एक त म आफ्नो परिबार , छर छिमेकी सङ घुलमिल भै सकेको थे।
अब के गर्ने? मैले पहिला इलाका प्रहरी कार्यलय मा जान्कारी गराए । त्यो रात मैले काठमाडौंको स्वस्थ मन्त्रलय का एक कर्मचारी को नम्बर एक जना भान्जी ले उपलब्ध गराउनु भो , र उहाँ को सल्लामा म घर मै बस्ने सुर गरे र आफ्नो परिबार बाट अलग भए। यो कुरा एक कान दुई कान मैदान हुन पुगो र म लाई भेट्न हाम्रा जन प्रतिनिदी हरु आउन सुरु गर्नुभयो ।
तर यसरी आउनु भो कि मेरो घर को आग्न सम्म टेक्नु भएन । परपर बाट मेरो परिबारसँग सोधेर जानू भो। त्यो कुरा उहाँ हरुले म सँग सोध्नु पर्थियो , तर त्यसो गर्नुभएन ।
पछि दुर्गापुरी प्रहरी चौकीबाट प्रहरी हरु आएर म लाई यथार्थ सोधेर जानुभयो । र तेस्को केही छिनमा हाम्रा नगरका मेयर खड्ख फागु , अरनिको हस्पिट बाट लोलिम पोमु,स्थानीय सुरेन्द्र शेर्मा अरु साथीहरु म सँग गफ गर्नआउनु भो र हाम्रा मेयरको सल्लाहामा घोपा लाने निर्णय भयो र मलाइ शरीर चेकचाँजको लागि घोपा लगियो ।
तर घोपामा कोरानाको श्वास को चेक गर्नको लागि म लाई भोलि १० बजे आउनु भनेर हस्पिटलले फर्काई दियो । हामी त्याहाबाट सिधैं कोशी हस्पिटल विराटनगर लाग्यौं ।
त्यहा मेरो प्रेसर र ज्वरो चेक गरेर अब अरु काम भोलि दिउँसो डक्टरले ले चेक गर्नुहुन्छ भनेर इन्सुलेसन रुम मा राखियो।
भोलि दिउसो डाक्टर ले मलाइ सबै फोन बाट सोध्नु भयो र तपाईं लाई म टाँडी पठाउछौं । त्यहा गएर १४ दिन बस्नु पर्छ भनेर रेफर गरिदिनुभयो ।
मलाई उर्लाबारी मङ्लबारे हस्पिटलको एम्बुलेन्स बाट बेलुका नै टाँडी ल्याएर राखियो।
हामी सक्छौ भने बिदेस भन्ने बित्तिकै पेलेन चडेर मात्र होइन छिमेकी मुलुक भारत गएर पाइला मात्र टेकेर आएउ भने पनि हामीले कोरान्टाइन्समा बस्नै पर्छ ।
न होस कसैमा यस्तो समस्या तर पनि एक जना सङ्क्रमितले टोलमा त्यतिकै हिडेभने गाउँ टोलमा ययो रोगको भयावह फैलिन्छ ।
प्रती १ मिनेट मा ५०० भाइरस उस्को शरीर बाट निस्कन्छ । यसरी एक जना व्यक्तिको हेलचेक्राईले सिङ्गो गाउँ मात्र होइन सिङो मुलुक नै सङ्क्रमित हुन्छ। यदि जो ब्यक्ति बिदेस बाट आएर सिधैं कोरान्टाइनमा बस्यो भने उ पनि सुरक्षित हुन्छ र सिङो मुलुक वचाउन सक्छ। टाडीमा नेपाली सेना को निगरानी मासुविधा सम्पन्न कोरेन्टटाईन्स बनाएको छ ।
फ्रि वाईफाई बेलुका लाई समय बिताउन राखिदेको छ। खानामा बिहान चिया र चना दिउँसो सादा खाना ३ बजे चिया र बिस्कुट र बेलुकी सादा खाना उपलब्ध गराएको छ ।
१७ दिन टाँडी बसेर नेगेटिभ रिपोर्ट सहित घर फर्किएको छु ।
विदेशबाट आउन साथ हेय दृष्ट्रिकोणले नहेरौं उपचारमा सहयोग पुर्याउन सबैले सहयोग गरौं कोहि पनि नलुकौ कोरेनटाईनमा जाऔं । मलाई साथ सहयोग गर्नुहुने उर्लाबारीका मेयर खड्ग फागो, राजन रायमाझि सम्पूर्ण सञ्चारकर्मी छरछिमेक सबैमा हार्दिक आभार प्रटक गर्दछु । कोरोनाले धनि गरीब राजा प्रजा कोहि भन्दैन, त्यसैले आफु पनि बचौं अरुलाई पनि बचाऔं । मानबता देखाऔं भन्न चाहान्छु ।
पत्रकार तेजन खड्कासँगको कुराकानीमा आधारित