उर्लाबारी मोरङ क्षेत्र नं १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू कुशलले कोरोना भाईरस नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावितहरुका लागि सहयोग रकम दिने घोषणा गर्नुभएको छ ।
उहाँले एकद्धार प्रणालीबाट राहत वितरण गर्न उर्लाबारी नगरपालिकाको विपद कोषमा ५० हजार र मिक्लाजुङ गाउँपालिका विपद कोषमा ५० हजार दिने घोषणा गर्नुभएको हो । उहाँले कोरोना भाइरसको संक्रमणबाट बच्न सबैलाई घरभित्रै बसिदिन अपिल गर्नुभएको छ ।