काठमाडौँ, ३० चैत्र । अमेरिका कोरोना भाइरस कोभिड-१९ को सबै भन्दा धेरै संक्रमित भएको देश मात्र हैन सबै भन्दा बढी ज्यान गुमाउने देश पनि बनेको छ । अमेरिका इटालीलाई पनि उछिन्दै सबै भन्दा बढी ज्यान गुमाउने देश बनेको हो ।
यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ५ लाख ३२ हजार ८ जना ७९ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या अत्यन्तै न्यून ३० हजार ४ सय ५३ मात्र रहेको छ ।
अमेरिकामा हिजो शनिबार १ हजार ८ सय ३० जनाको मृत्यु भएको थियो । भने गत शुक्रबार अहिले सम्म कै एक दिनमा सबै भन्दा धेरै २ हजार ३५ जनाको ज्यान गएको छ । गत मंगलबार १९ सय ७१ जनाको ज्यान गएको थियो। त्यस्तै बिहिबार पनि १९ सय जनाको ज्यान गएको छ । त्यसै गरि बुधबार एकै दिन १९ सय ४० जनाको ज्यान गएको थियो। इपिसेंटर मानिएको न्युयोर्कमा सबै भन्दा बढी ८ हजार ६ सय २७ जनाको ज्यान गैसकेको छ ।
त्यसै गरि सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ६३ हजार ८ सय ७९ र १ लाख ५२ हजार २ सय ७१ जनामा संक्रमण देखिएको छ । सबै भन्दा धेरै ज्यान गुमाउने दोस्रो देश भने इटाली रहेको छ। जहाँ यो समाचार तयार पार्दा सम्म १९ हजार ४ सय ६८ ले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने तेश्रो देश स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १६ हजार ६ सय ६ जनाको ज्यान गैसकेको छ ।
छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म २८८ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ८ हजार ४ सय ४६ सय पुगेको छ । भारतमा बिहिबार सबै भन्दा बढी ४९ जनाको मृत्यु भएको थियो । त्यस्तै बिहिबार एकै दिन ८ सय ९ जना नया संक्रमित फेला परेका छन । शुक्रबार पनि एकै दिनमा ८ सय ७५ जना नया संक्रमित फेला परेका छन । त्यसै गरि शनिबार ८ सय ४६ जना नया संक्रमित फेला परेका थिए ।
भारतमा दिन दिनै संक्रमित र मृत्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ । भने लकडाउनको समय पुन २ हप्ता थप गरिसकेको छ ।
नेपालमा पनि ९ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी ८ जनाको उपचार भइरहेको छ ।
यो समाचार तयार पार्दा सम्म विश्वभर सक्रमितको संख्या १७ लाख ८० हजार ३ सय १४ पुगेको छ । त्यस्तै ज्यान गुमाउनेहरुको संख्या १ लाख ८ हजार ८ सय २७ पुगेको छ ।
पुरा देशको तालिका तल हेर्नुहोस :