• २०७६ चैत ३० आइतबार

    कोरोना सङ्क्रमणबाट बच्न स्थानीय सरकारले सचेतना अभियान तीव्र पारेसँगै खेतबारीमा किसानले दूरी कायम गरेर बाली काट्न शुरु गरेका छन् । गहुँबाली बारीमै झर्ने अवस्थामा पुगेपछि राकम कर्णालीका किसा गहुँ काट्न व्यस्त छन् ।

    सरकारले लकडाउनको घोषणा गरेसँगै अन्तरपालिका आवतजावतसमेत रोकिएका बेला गहुँ पाकेर खेतमै झर्ने अवस्था आएपछि किसानले सो उपाय अपनाएका छन् । दैलेख पश्चिम क्षेत्रमा पर्ने राकम कर्णालीका किसान बाली पाकेर बारीमै झर्नुभन्दा टाढा दूरी कायम गरेरै भए पनि गहुँ काट्न शुरु गरिएको बताउँछन् ।

    “मकैपछिको मुख्य बाली गहुँ नकाट्ने हो भने अन्न अभाव हुन्छ । बारीमा नजाऔँ भोकमरीको डर, जाऔँ कोरोनाको डर, त्यसैले रोग र भोक दुवैको डर हटाउन बारीमा पनि सुरक्षित हुँदै गहुँ काट्न व्यस्त हुनुपरेको छ”, किसान कमला बोहोराले बताए ।

    राकम कर्णालीको उब्जनीयोग्य फाँटमा उत्पादन हुने गहुँले किसानलाई तीनदेखि चार महिनासम्म खाद्यान्नको जोहो हुने गर्छ । जिल्लामा यस वर्ष १३ हजार ६५० हेक्टरमा गहुँ खेती गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले जानकारी दिए ।

    पहिला घरभित्र अन्न भित्र्याएपछि भित्रै बसी अरू काम गर्ने र जति दिन सरकारले भन्छ त्यति नै बस्ने गौरी बोहोराले बताए । ”अन्तिम उपाय यही हो”, उनले भने ।
    रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…