• राज्य र देशका लागि राजनीतिक मात्र नभएर सामाजीक कार्यहरुमा पनि उतिकै सक्रिय युवा नेता मुक्साहाङ मेन्याङ्ग्बो ( मुकेश )ले बिपन्न परिवारहरुलाई आफ्नो सानो सहयोगले केही हद सम्म सहयोग पुग्ने बताएकाछन् ।

    यो महाविपतिको घडीमा सहयाेगि हातहरू पर्याप्त मात्रामा छन्, सहि नेतृत्व र सहि व्यवस्थापन भयाेभने काेहि पनि भाेकभाेकै बस्नुपर्ने समस्या औन्दैना उनले बताए ।

    लक डाउन पुर्ण रुपमा पालना गर्दै विश्व भरी महामारी फैलीरहेको कोरना भाइरस (कोभिड १९ )लाई परास्त गर्न सकिन्ने नेता मुकेशले वताए ।

    याे विपत्तिकाे अवस्थामा युवा नेता मुकेशले आफ्नो गाँस काटेर वडाले ताेकेकाे मापदण्ड भित्र १ सय ५८ विपन्न घर परिवारलाई प्रदान गर्नु भएको राहत सहयोगले धेरै ठुलाे राहत मिलेको धरान १५ का वडा अध्यक्ष नरेश कुमार ईवारमले जानकारी दिए ।

    नेकपाका प्रदेश सदस्य ,नेता तथा लिम्बुवान राष्ट्रिय मुक्ति माेर्चा, नेपाल का अध्यक्ष मुकसामहाङ मेन्याङबाे "मुकेश" ले १ लाख ५८ हजार बराबरको राहत सामाग्री प्रदान गरेका हुन् ।

    काेराेना भाईरस (COVID 19) काे कारण लक डाउनकाे अवधि लम्बिन्दै जाँदा अतिविन्न वर्गमा खाधान्नकाे अभाव देखिए पछि नेता मुकेशले धरान उपमहानगरपालिकाले ताेकेकाे मापदण्डअनुसार १ घर परिवार बराबर १० के.जी. चामल, ४ के.जि. आलु , १ के.जि. दाल, १ के.जि. नुन, १ लिटर खाने तेल र एउटा साबुन गरि १ लाख ५८ हजार बराबरको राहत सामाग्री १५ नं. वडाका अध्यक्ष नरेश कुमार ईवारमलाई शनिबार दिउँसो प्रदान गरेका थिए ।

    धरान नगर सरकारले ताेकेकाे मापदण्ड र लागत संकलन गरि तयार गरेको धरान १५ सुसन राेड र महादेव चाैकका अति विपन्न १५८ घर परिवारमा शनिबार दिउँसोनै उक्त राहत वितरण भएको वडाका अध्यक्ष नरेश कुमार ईवारमले ज बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…