खिम सुनार
रुप, बल र धनको कहिल्यै घमण्ड नगरौं किनकि रुपलाई समयले उतारिदिन्छ, बललाई उमेरले झारिदिन्छ र धनलाई यो संसारले रित्याईदिन्छ। रुपको एक दिन चाउरी परेर जाने छ। अहमता नदेखाउ बैश, बल-तागतको एक दिन बुढेसकालले छुने नै छ। अहंकार नदेखाउ धन सम्पत्तिको एक दिन सबै तिमीले लगाएको लुगा समेत खोलिने छ। जबसम्म मान्छे जिउँदो रहन्छ यिनै चिजको लागी भौतारिएको हुन्छ, नाम, बस्त्र अनि अलिसानमहल, तर उसको मृत्यु को साथै यो पनि परिवर्तन भएर जाने छ। नाम बन्ने छ- लास , बस्त्र बन्नेछ- कात्रो, अनि घर बन्नेछ चिहान, हामी जहिल्यै माटो मै बस्ने हौ आज माटो माथी भोली माटोमुनि, माटो माथी र माटो मुनि बिचको यात्राको यथार्थलाई नबुझेर मानिसहरु काकाकुल जस्तै बनेर हिडेका छन्।
विक्रमसंबत १६००को कुरा हो,अहिलेको कन्चनपुरको पिपलाडी बाट एक साधु तिर्थ यात्रामा निस्केका थिए , त्यस बेला यातायातको सुबिधा थिएन दिनभर शुक्लफाँट निकुञ्जको घना जंगलको लामो यात्रापार गरेर झमक्क साझ तिर भारतको सिमाना नजिकको गाऊ दोधारा चाँदनी गा.बि.स हुदै बग्ने कालीनदीको किनारमा बनेको सानो काँसको घरमा पुगेर बास वस्न दिनको लागी अनुरोध गर्नुहुन्छ।ए.. हजुर घरमाको हुनुहुन्छ? “हजुर को हुनुहुन्छ”प्रश्नको प्रति प्रश्न गर्दै एक जना जवान ब्यक्ति बाहिर आउछन्, साधु बिनम्र पुर्बक बिन्ती गर्दै भन्नु हुन्छ, हेर्नुहोस न म हरिद्धारको तिर्थमा निस्केको दिन भर घना जंगलको लामो यात्राबाट थकित भएको छु रात पनि परिसकेकोले आजको रात यतै वास वस्न पाउछु की भनेर बोलाएको, त्यस ब्यक्तिले केहि नसोची आउनुहोस् भित्र म एक्लै छु। दुवैजना भित्र जान्छन्। याद गर्नुभएको होला, झुपडीघरको ढोकामा लेखिएको हुन्छ सु-स्वागतम तर महलको ढोकामा लेखिएको हुन्छ कुकुर देखि सावधान!! त्यसैले पनि होला साधुलाई वासस्थान पाएको अनि झुपडी घर नै भएर होला वास दिनेको मन पनि कति निश्चल अनि फराकिलो । “मलाई गाउलेहरु शक्ति भनेर बोलाउछन, केहि साल पहिला आमा बुवाको निधन भयो अहिले म एक्लै छु, धेरै वर्ष पछि यो घरमा दुईजना भएका छौ, मन प्रसन्न छ” कुरा नसकिदै साधु भन्नु हुन्छ , के गाउलेहरु पनि? शक्ति केहि बेरको मौनता खोल्दै भन्छ, आउछन! काम परे बाहिर बाट बोलाउछन अनि जान्छन। ल महात्मा ज्यु अब खाना लिउ कुरा भनेको हुदै जाला,शक्तिले निकै श्रद्धा पुर्वक सम्मान गर्छन, जब बिहान हुन्छ,साधु उठेर हिड्ने बेलामा शक्तिलाई आशीर्वाद दिदै भन्नु हुन्छ।
[caption id="attachment_79549" align="alignnone" width="218"] लेखक खिम सुनार[/caption]
शक्ति तिम्रो अझै प्रगति होस धनी बन्नु संसारको सबै सुख प्राप्त होस, तिमी जस्तो मित्र सधै सबैले पाउन, सम्भव रहे सम्म म फर्कने बेलामा पस्ने छु। शक्ति भन्छन “हे महात्मा ज्यु तपाई भ्रममा हुनुहुन्छ, “यहा मेरो केहि छैन, आज त हामी सँगै छौ,कसलाई थाहा छ भोली के हुने होभनेर, फर्केर आउने बाचा पनि नगर्नुहोस, फर्केर आउदा सम्म यो घर रहने हो की होईन के थाहा घर रहे पनि म रहुला या नरहुला, हुन सक्छ महात्मा नै नफर्कन सक्नु हुन्छ, त्यसैले यदि आशिर्वाद नै दिनु हुन्छ भने “जब सम्म बाच्छस् खुसि भएर बाच्नु” साधुले त्यसै होस भन्दै रिसाए झै गरीचुपचाप निस्केर जानुहुन्छ।यता शक्ति आफ्नो दैनिकीमा ब्यस्त रहन्छ। केहि महिनाको तिर्थ सकेर फर्कदा साधुले गरेको बाचा पुरा गर्न त्यस स्थानमा पुग्नु हुन्छ, तर त्यहाँ शक्तिले भने झै न घर छ न शक्ति नै,त्यो सब देखेर साधुको मन खिन्न हुन्छ, त्यत्तिकैमा एक जना ब्यक्ति आफुतिर आउदै गरेको देखेर साधु बोलाउदै भन्नुहुन्छ, ए! हजुर सुन्नुहोस न यहाँ एउटा घर थियो साधुको कुरा नसकिदै कालीनदीले बगायो साधु हतास हुदै सोध्नुहुन्छ, शक्ति..?ए..शक्ति! सवै नदीले बगाएर लग्यो खान बस्ने ठाऊ भएन त्यसैले माथी दोधाराका मुखियाकोमा नोकर लाग्न गयो अहिले उतै वस्छ भन्दै आफ्नो बाटो लागे , साधु सोच्नु हुन्छ यहाँ सम्म आए भने भेटेर जान उपयुक्त हुन्छ भन्दै उतै लाग्नु हुन्छ, शक्ति ए शक्ति! बाहिर बाट आएको आवाज सुनेर बाहिर निस्कन्छ, साधुले शक्तिको मुहारमा आँखा घुमाउदैचकित हुनुहुन्छ, शक्तिको मुहारमा कुनै परिवर्तन आएको छैन, सबै चिज गुमाएर पनि कसरी खुसी छ? लाग्दछ की केही भएकै छैन , हुन सक्छ बिर्सियो की? शक्तिले साधुलाई प्रणाम गर्दै भन्छ,स्वागत छ भित्र आउनुहोस, समयले फेरी अर्को पटक खुसीले गदगद हुन्छ! “साधु, शक्ति!त्यो त्यहाको घर? कुरा नसकिदै शक्तिले भन्छ, महात्मा ज्यु त्यो घर मेरो थिएन, मैले के गुमाए मैले केहि पनि गुमाएको छैन, केवल मेरो भन्नु मेरो आमा र बुबा हुनुहुन्थ्यो, वहाँहरुको निधन पछि म सँग मेरो भन्ने केही छैन त्यसैले मैले के पाए के गुमाए सरोकार राख्दिन। आज फेरि उहि मान्छे उहि मुद्रा अनि फरक स्थान उहि उद्देश्यको साथ भेट हुन्छ दुबैजना खुसीहुदै भित्र जान्छन, शक्तिले आज पनि साधुको सत्कारमा कुनै कमी गर्दैन आफु भुईमा सुतेर साधुलाई आफु सुत्ने बिस्तरामा सुताउछ। जब बिहान हुन्छ, साधु बिदाई पश्चात्साधु आफ्नो गन्तब्य तिर लाग्नु हुन्छ।
केहि वर्ष पछि साधुलाई शक्ति सँग भेटन मन लाग्छ अनि सोहि जंगलको बाटो हुदै दोधारा चाँदनी गाऊ तर्फ लाग्नु हुन्छ, दिन भरको लामो यात्रा पछि शक्तिको घरमा पुग्नुहुन्छ। यस पटक भने निकै ठुलो परिवर्तन भएको रहेछ शक्ति जसको घरमा नोकर बसेको थियो त्यस घरमा कुनै सन्तान नभएकोले आफ्नो सारा सम्पत्ति उनको नाममा गरिदिएका रहेछन, मुखिया र मुखिनीको पनि निधन भैसकेकोले स्वतः त्यस घर अनि सारा सम्पत्तिको मालिक बनेको छ। आज पनि कुनै परिवर्तन छैन उसमा साधुलाई भेट्ने बित्तिकै सधैको झै बिनम्र पुर्बकप्रणाम गरेर स्वगत गर्छ, अब त शक्तिकोबिहे भैसकेको छ, श्रीमती दुइटा छोरीहरु (गोमती र चम्पा) को साथमा निकै बिलासी जिन्दगी देखेर साधु खुसीले गदगद हुदै भन्नु हुन्छ, हिजो जे थियो, सकियो आज जे छ त्यो कहिले नसकियोस र यो खुसीमा कसैको आँखा नलागोस्, शक्ति भन्छन महात्मा ज्यु अब त भ्रम मुक्त हुनुहोस न! साधु भन्नु हुन्छ यो पनि जाने छ?शक्तिले निकै शालीन शब्दमा भन्छ महात्मा ज्यु यो संसारमा मानिसको आफ्नो केहि हुदैन।
जन्मदा साथ लिएर आएको सासले नै धोका दिएर प्राण सकिन्छ, भने बाकी सबै यस पृथ्वीमा छोडेर जाने हौ । के थाहा हजुर अर्को पटक आउदा यि सबै कतै नजालान तर यसको उपभोग गर्ने मान्छे नरहला,मैले जन्मनु अगावै मैले प्राप्त गरेको स्वासले एक दिन धोका दिएर मृत्यु हुन्छ भने अन्य भौतिक वस्तुको के कुरा रह्यो, कुनैले मेरो साथ छोड्ने छन कसैलाई मैले छोड्ने छु । आज म सँग भएको अथाह सम्पत्ती केहि होईन यहाँ हरेक मानिसको केहि छैन। मरे पछि गाडिएको चिहानघारीमा पनि कुनैदिन मानिसहरुले घरहरु बनाउने छन, त्यस बेला त्यो चिहान पनि रहने छैन,साधु मौन भएर निस्कन्छन।
जब १५ वर्ष पछि साधु फेरि तिर्थकै लागी निस्कनु हुन्छ, साधु आज निकै खुसी हुनुहुन्छ किनकी बर्षौ पछि शक्तिलाई भेट्न पाउने खुसी, शक्तिको घरमा पुग्ने हो भन्दै हतार हतार गर्दै जानु हुन्छ, साझ पख त्यहा पुग्दा त्यो घरमा परेवाको आवाज मात्रै आउछ, (घुर..घुर.. घुर..)भत्किन लागेकोघर अनि एउटा कुनामा बसेर बरबराई रहेकी शक्ति की श्रीमतीलाई मात्र देख्नुहुन्छ। साधु, “खोइ शक्ति अनि अन्य परिवार भनेर सोध्दा छोराछोरी सबै आफ्नो घरमा छन्,श्रीमानलाई दैवले चुडेर लग्यो मलाई एक्लो बनाएर सधैको लागि जानु भयो, म मर्न सकिन दिन रात काल बोलाउदै बाच्न बाध्य छु भन्दै मधुरो स्वरमा बोल्छिन। साझ परेको हुदा अन्त जान वा अघि बढ्न नसक्ने अवस्था थियो। बरु शक्तिकै सम्झनामा यतै एक रात बस्नु पर्यो भन्दै पिठ्युमा बोकेको झोला पिढीको कुनामा बिसाएर सुस्केरा मार्दै एक छेउमा बसेर शक्तिलाई सम्झन पुग्नुहुन्छ, शक्ति मैले यो भौतिक शरिरलाई आजको दिन सम्म एक सन्तको जसरी जीवन बिताए तर आज म बुझ्दै छु, कसैले घर छोडेर पहेलो वस्त्र धारण गर्दैमा साधु-सन्तहुदैन।
असली सन्त तिमी हौ,साच्चिकै केहि रहेन छ मानिसको यस दुनियाँमा, जलेको केवल बाटी र तेल हो तर मानिसहरु त्यसलाई दियो जलेको भनिदिन्छ।सतकर्म गर्नेहरु घर-घरमा छन, तर यहाँ मानिसहरु पहेलो वस्त्रमा घर छोडेर कुटि अनि आश्रममा बस्नेलाई मात्र साधु-सन्तभन्छन्। बिहान हिड्नु भन्दा पहिला सोच्नुहुन्छ आईहाले अब उनको चिहानमा पुगेर श्रद्धाञ्जली दिनु पर्यो भन्दै पुगेर हेर्नु हुन्छ त्यहा पनि लेखिएको छ एक दिन यो पनि रहने छैन, किनकी कुनै समयमा यस धर्तीमा मानिसहरुको जनसंख्या यति धेरै हुने छ की यस स्थानमा पनि घरहरु उभिने छन,यहाँत यो स्थान पनि मेरो होइन, र रहने पनि छैन, अनि बाचुनजेल भ्रमको जिन्दगि जिउदै भन्ने छन् यो मेरो त्यो तेरो हो। उनि मर्नु अगावै उनले भनेका रहेछन यो लाईन मेरो चिहानमा लेखेर राखिदिनु । साधुले भगवत गीताको स्लोक सम्झन्छन
“जे सुकै भयो राम्रोको लागी भयो।
जे हुदैछ राम्रोको लागी हुदैछ।
अनि हुने वाला छ त्यो पनि राम्रोको लागी हुनेछ”
तिम्रो के नास भयो, के बिग्रियो र आज तिमी रोईरहेको छौ, तिमी आमाको गर्भ बाट पृथ्वीमा आउदा के ल्याएका थियौ र आज तिमी रुन्छौ कराउछौ, तिमीले जे पायौ, जति कमायौ, जति ब्यक्तिहरु सँग नजिक भयौ सब यहि धर्तिमा आए पछि भयो, यहि धर्तिले दियो र तिमीले यहि बाट लियौ र यहि छोडेर जादैछौ,जो आज मेरा भनेका छौ, हिजो अरुकै थियो, जो आज मेरो भनेका छौ भोली अरुकै हुने छ,परिवर्तन नै संसारको नियम हो, तर हामी मानिस यही कुरा बुझ्ने प्रयास गरेका हुदैनौ, जीवन परिवर्तनशील छ यत्ती बुझ्नु, “जेसुकै भयो राम्रोको लागी भयो। जे हुदैछ राम्रोको लागी हुदैछ।
अनि हुने वाला छ त्यो पनि राम्रोको लागी हुनेछ” जीबनमा आफ्नो खुसीको लागी अरुलाई दुःख नदिनुहोस, बसै कथा माथीबाट लेखिएर पाठाईएको छ, जसरी एउटा कलाकारले बाचुन्जेल अनेक भुमीका निभएको हुन्छ त्यसरी नै हामीले जिन्दगी बिताउनु पर्छ। हामी सबे जाने ठाँऊ त्यही हो, त्यसैले हामीले साथ लैजाने केहि छैन, केवल सम्झनामा रहनेछौ, यदी तपाई सम्झनामा रहदै छौ भने सम्झन लायक बन्नु पर्छ,यदी आफ्नो कारण कोहि खुसी हुन्छ भने खुसी बनाउने कोसिस गर्नुहोस,आखा भरी आँसु लिएरदुइ थुँगा फुल चिहान माथी राख्दै नतमस्तक भएर फर्किन्छन। अनि सदा सदाको लागी बिदा माग्छन ।