२०७६ चैत ३० आइतबार
काठमाडौँ । कोरोना भाइरसको संक्रमणसँग जुध्नका लागि प्रतिपक्ष दलसहितको उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्न सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले गरेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरे ।
अहिलेको अवस्थामा सबै काम सरकारले गरिरहेकोले कुनै किसिमको संयन्त्र आवश्यक नरहेको बताउँदै प्रधानमन्त्री ओलीले प्रचण्डसहितका नेताहरुले गरेको प्रस्ताव अस्वीकृत गरे। यो प्रस्ताव अस्वीकृत सहित प्रचण्डपक्षमा असन्तुष्ठी बढेको छ । प्रचण्डको प्रस्तावले सत्ताधारीमा खैलाबैला मच्चिए पनि सार्थकता पाउन सकेन् ।
प्रचण्ड पक्ष अर्थात पुर्व एमाओवादी पक्षिय प्रस्तावलाई नर्टेने रणननिति पुर्व एमालेहरुको बनेको भन्दै तिक्तता बढेको छ । प्रधानमन्त्री ओलीले नटेरेपछि पार्टी र सत्ता भित्र नयाँ राजनीतिक असहमतीको बिउ रोपीएको छ ।
हिजो सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गर्दै प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि सरकारले प्रभावकारी ढंगले काम गरिरहेको बताए । मुख्यमन्त्रीहरुसँगको संवादका क्रममा प्रधानमन्त्री ओलीले सरकार भन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको बताउएका थिए ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमेज टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा सरकार एक्लैको प्रयास कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि पर्याप्त नहुने बताउँदै उच्च स्तरीय संयन्त्र बनाउनुपर्नेमा जोड दिएका थिए । आफ्नो ढंगले काम गरिरहेपनि सरकार एक्लैको प्रयास पर्याप्त नहने कुरा मनन गर्न प्रधानमन्त्री र सरकारलाई आफूले आग्रह गर्न चाहेको प्रचण्डको भनाई थियो ।
तर प्रधानमन्त्री ओलीले कुनै किसिमको संयन्त्रको आवश्यकता नरहेको बताउँदै प्रचण्डको प्रस्ताव खारेज गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको हो ।
उसैपनि नेकपाका नेताहरु सरकारको बचाउ र विरोधमा विभाजित भएका बेला दुई अध्यक्षबीच नै मतभेद बढेपछि असन्तुष्टिले अझै व्यापकता पाउने अनुमान गरिएको छ । तर पार्टीभित्र देखिएको विवादलाई पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले अहिलेसम्म एक्लै र सानो समुह मार्फत सामना गरिरहेका छन् ।
सरकारका काम कारबाहीप्रति पार्टीको पूर्व माओवादी खेमाले चरम विरोध गरिरहेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमार्फत सरकारप्रति असन्तुष्टि पोखे । त्यसैगरिपूर्वमन्त्री गोकुल बाँस्कोटा लगायतका नेताहरु प्रचण्ड खेमाको विरोधमा लागेको प्रष्ट देखिन्छ ।
कोरोना महामारीका बेला विपक्षी दलहरुसहित एकजुट हुनुपर्ने बेला सत्तारुढ दलभित्रै चुलिएको मतभेदले सत्ताधारीहरुमा सकस देखिएको छ ।
मुलुकमा भएको असहज परिस्थितीलाई गम्भिर रुपमा लिएर राष्टीय सहमती हुने गरि तयार पारिएको आफ्नो प्रस्तावलाई प्रधानमन्त्री ओलीले हल्का ढंगले बढेकोमा प्रचण्ड चिन्तित भएको समाचार स्रोतले जनाएको छ ।