बेलवारी संवाददाता
कोरोना भाइरसको जोखिम कम गर्न लागू गरिएको लकडाउनको कारण समस्यामा परेका विपन्न तथा मजदुर परिवारलाई राहत वितरण गर्न बेलवारी नगरपालीकाले स्थापना गरेको कोषमा उद्योग वाण्ज्यि सघ बेलबारीले १ हजार किलो चामल सहयोग गरेको छ ।
आइतवार नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई वाणिज्य सघंका पदाधिकारी सहितको टोलिले चामल हस्तान्तरण गरेको हो । लकडाउनमा दैनिक ज्यालादारी गरेर जिविका गुजारीरहेका परिवारलाई सहयोग गर्ने उदेश्यका साथ नगरपालिकाले खाद्यान्न हस्तान्तरण गरेको उद्योग वाणिज्य सघ बेलबारीले जनाएको छ । उक्त राहत सामग्री हस्तान्तरण पश्चात उधोग बाणिज्य संघ बेलबारीले दैनिक उपभोग्य खाद्य पसल तथा खाद्य उद्योगहरु को अनुगमन गर्दै यस माहामारीमा उपभोग्य बस्तुहरुको बिक्री मुल्य नबढाउन व्यवसायीहरुलाई सुझाव दिएको संघले जनाएको छ ।