काठमाडौं । ‘सितेबा’ ले श्रृङ्खलामा बोल्ने “ऐ त्यसो पो, ठिकै छ नि त” भन्ने थेगो सर्वाधिक चर्चित रहेको छ भने उनको सिग्नेचर हाँसोलाई पनि दर्शकहरूले अत्यन्तै रुचाएका छन् ।
श्रृङ्खलामा एक उत्तर प्रौडको भूमिकामा रहेका उनको चरित्र केही सकरात्मक खालको रहेको छ । उनका अनुसार दर्शकहरू सकरात्मक भन्दा नकरात्मक चरित्रलाई मन पराउने गर्छन् । तरै पनि सकरात्मक भूमिकामै देखिए पनि उनको चरित्र कम लोकप्रिय रहेको छैन ।
हनु त मधुसुधन पाठकलाई कलाकार मात्रै भनियो भने अन्याय हुन सक्छ । उनी एक खेलाडी, कृषक, सहकारी कर्मी तथा व्यवसायी पनि हुन् । तसर्थ उनलाई हामी बहु प्रतिभासम्पन्न व्यक्तिका रुपमा लिन सक्छौँ ।
मधुसुधन पाठक एकजना अत्यन्तै जुझारु व्यक्ति हुन् । उनको सक्रीयता र जुझारुपन धेरैका लागि हौसला र प्रेरणा बन्न सक्छ । ‘अस्तव्यस्त नभई निरन्तर लागि रहने हो भने जतिसुकै व्यस्त भए पनि समयको व्यवस्थापन गर्न सकिन्छ’ भन्ने शिक्षा मधुसुधन पाठकबाट लिन सकिन्छ ।
उनै मधुसुधन पाठक अथवा ‘सितेबा’ सँग कृष्णउदाशीले गरेको भलाकुसारीका आधारमा तयार पारिएको समग्री तलको लिङ्कमा रहेको छ ।
https://www.youtube.com/watch?v=8b2ccyn2c2Q&fbclid=IwAR0H4o4vMjDtbem3T7tveunUc75rcxCi3QENaypwRw9iQsuk_LTRVbks-fM