ईटहरी, ३० चैत । विश्वभर माहामारिका रुपमा फैलिएको कोरोना भाइरसको त्रासले २०७६ को दु:खद अन्त्य भए पनि यो वर्ष कला क्षेत्रमा प्रदेश १ अर्थात पुर्वेलीहरुको लागि भने सुखद नै रहन पुग्यो । ०७६ मा पुर्वका झन्डै दर्जन नव प्रतिभालाई रियालिटी शोले खुबै लोकप्रिय बनायो ।
पुर्वले यो पटक देशमा भित्रिएको अन्तराष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो संगै नेपाली अर्गानिक टेलिभिजन रियालिटी शो र देश बाहिर पुगेर सौन्दर्य प्रतियोगितामा सफलता हासिल गर्यो ।
पूर्व ईटहरिका सुमन कोईराला, धरानका प्रनेश गौतम, मोरंगका सुमन कार्की कमेडी च्याम्पियनका माध्यमबाट २०७६ मा चर्चित बने भने बलबहादुर राजवंशी, राम लिम्बु, बिकास लिम्बु र मेचु धिमाल द भ्वाईस अफ नेपाल सिजन २ का कारण चर्चामा आए ।
यता मिस वर्ल्ड तहकै मानिएको ‘मिस लुमियर वर्ल्ड’मा पहिलो पल्ट नेपाली सहभागी भएर धरानका सिम्रन श्रेष्ठ चर्चामा आइन् भने झापाकी रचना रिमाल नेपाल आईडलको तेश्रो सिजनबाट चर्चामा आईन ।
यी नवप्रतिभामध्ये राम लिम्बुले भने ठुलो उपलब्धी हासिल गरेका छन् । उनले ‘द भ्वाईस अफ नेपाल सिजन २’को टाइटल नै जितेका छन् ।
हेर्नुहोस् भिडियो-
https://youtu.be/I4jicEJQeDA