•  

    उर्लाबारी

    कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोक्न जारी बन्दाबन्दीबाट अतिप्रभावित हुन पुगेका उर्लाबारीका श्रमिक तथा विपन्न परिवारले स्थानीय सरकारको साथ पाएको अनुभूति गरेका छन् ।

    दैनिक ज्यालादारी गर्ने उर्लाबारी—९ सेम्बुटोलका राजेन्द्र कुरुङम्बाङलाई बन्दाबन्दीको हप्ता दिनसम्म जसोतसो गुजारा गरेपनि केही दिनयता दुईछाक खानाको जोहो गर्नै समस्या भएको थियो । नगरपालिकाले वितरण गरेको राहत लिन वडा कार्यालयमा पुगेका राजेन्द्रले भन्नुभयो, “काम गर्न जान पाइएको छैन, घरमा अव के खाने भन्ने चिन्तामा परेकाबेला वडामै आएर राहत प्रदान गर्दा हाम्रो लागि सरकार रहेछ भन्ने महसुस भएको छ ।”

    बन्दाबन्दी दुइहप्ता चलिरहँदा थारुजस्तै विपन्न समुदायले अहिले रोग र भोकको बेला स्थानीय सरकारको साथ पाएको अनुभूति गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीले प्रभावित भएका दैनिक ज्यालादारी कामगरी साँझ विहान खानाको जोहोगर्ने मजदुर र विपन्न समुदायले  राहतस्वरुप अत्यावश्यक खाद्य सामग्री सहयोग गरेपछि सरकारको अनुभूति गर्न पाएका हुन् ।

    उर्लाबारी २ मंगलबारे पुरानो बजारका रनबहादुर श्रेष्ठले वडा कार्यालयले राहत दिएकोले भोकमरी हुनबाट बचाएको बताउनुहुन्छ । “काम गर्ने ठाउँ बन्द भएको छ, घरमा खानेकुरा सकियो, रुपैया पनि छैन, वडाले चामल नबाँडेको भए भोकै बस्नुपथ्र्यो’, कोरोना रोगबाट बचाउन वडा चामल दिएर सरकारले राम्रो काम गरेको छ ।”

    उर्लाबारी नगरपालिकाले राहत वितरण कार्य सम्पन्न गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको त्रासमा घरबाट बाहिर निस्किन नपाएका विपन्न वर्गलाई स्थानीय सरकारले राहत वितरण गरेर भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गरेको नगर प्रमुख खड्ग फागो बताउनुहुन्छ । “हामीले कल्पना पनि नगरेको रोगले विश्वनै त्रासमा रहेको छ, रोग नियन्त्रणको लागि गरिएको लकडाउनले मुलुक ठप्प छ, यस्तो बेलामा हुनेखानेलाई त धेरै समस्या नहुन सक्छ तर मजदुर र विपन्नवर्गको चुल्हो बन्द हुने अवस्था आएको छ”, फागोले  भन्नुभयो, “रोग र भोकको यो बेला वडा–वडामा गएर विपन्नलाई राहत बाँडेर स्थानीय सरकारले साथ अनुभुति दिलाउने प्रयास गरेका छौ । ।” अफ्ठेरो परिस्थितिमा आफ्ना नागरिकलाई सहयोग गर्नुपर्ने स्थानीय सरकारको दायित्व निर्वाह गरेको भन्दै उहाँले दुःखको बेला जनप्रतिनिधिले आफ्नो थप भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुहुन्छ ।

    विभिन्न सङ्घ–संस्थाले अयन्त्र आफुखुशी राहत वितरण भएपनि उर्लाबारीमा एकद्वार प्रणालीबाट राहत वितरण कार्य भएको छ ।

    आफुखुशी राहत सङ्कलन तथा वितरणमा रोक लगाउदै नगरपालिकामा हुँदा खानेलाई आउन मेयर फागोले आग्रह गर्नुभएको छ । नगर प्रमुख फागोले ‘कोरोना भाइरस सङ्क्रमण, रोकथाम र राहत तथा उद्धार कार्य सञ्चालन कार्यविधि, २०७६’ तयार गरेर एकद्वार प्रणालीबाट राहत सङ्कलन तथा वितरण कार्य शुरु गरिएको बताउनुभयो ।

    उहाँकाअनुसार दैनिक चुल्हो बाल्न नसक्नेहरुका लागि परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ लिटर तेल,चार वटा साबुन सहित वडा–वडामा राहत सामाग्री पठाएर जनतालाई दुःख पर्दा नगरपालिका साथमा रहेको अनुभूति गराउने काम भएको छ ।

    उर्लाबारी वडा नम्बर १ देखि ९  सम्मका अति विपन्न परिवारलाई वडामा राहत वितर गरिएको छ । यसरी हरेक वडामा पठाइने राहत सामाग्रीलाई वडा कार्यालयले छनोट गरेको घर परिवारलाई वितरण गरिने गरी प्रक्रिया मिलाइएको हो ।

    फागोको अनुसार राहतवितरण गर्दा सामाजिक दुरी कायम गर्दै राहत वितरणको व्यवस्था मिलाइएको छ । राहत वितरणका वैठकबाटै मापदण्ड पारित गरिएको छ ।
    उर्लाबारी नगरपालिकाले कोरोना विरुद्धको अभियानका लागि महिला स्वास्थ्य स्वयम्सेविका,प्रहरी प्रशासन, जनप्रतिनिधी पनि परिचालन गर्न लागेको छ । वडाका घर–घरमा पुगेर भारत तथा बिदेशबाट आएका, एकान्तवासमा बसेका तथा हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण सङ्कलन गर्दै स्थानीय सरकारको उपस्थिति जनाउने छन् ।

    उर्लाबारी वडा नम्बर ६ का अध्यक्ष चिन्तामणि पौडेलले वडास्तरबाटै मजदुर तथा विपन्न समुदायको तथ्याङ्क सङ्कलन गरी राहत वितरण गरिरहेको जानकारी दिनुभयो । उहाँले यो महामारीको बेला अफ्ठेरो परिस्थितिमा परेका नागरिकलाई सहयोग गर्नु सबैको कर्तव्य भएकोले विभिन्न सङ्घ संस्था र व्यक्तिले पनि राहत सहयोग गरेको बताउनुभयो ।

    उद्योग वाणिज्य महासंघ उर्लाबारीका अध्यक्ष प्रितम खड्गीले कोरोना भाइरसको महामारीले स्थानीय सरकारको औचित्य पुष्टि गरेको बताउनुहुन्छ । स्थानीय सरकारमा भएका जनप्रतिनिधिको क्रियाशिलताले बन्दाबन्दीमा पनि विपन्न समुदायले सरकारको अनुभूति गर्न पाउनुका साथै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको सङ्क्रमण रोकथाममा ठूलो जिम्मेवारी रहेको उहाँको भनाई छ ।

    आफुहरुले कोरोनार लकडाउनको अबस्थामा  घरभाडा छुटको लागि पहल कदमी गरिरहेको बताउनुभयो ।

    विदेशबाट फर्किएका नेपालीको निगरानी तथा एकान्तवासमा राखेर आवश्यक स्वास्थ्य परीक्षण लगायतको व्यवस्थापनमा स्थानीय तहले ठूलो भूमिका निर्वाह गरिरहेको अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु बताउनुहुन्छ ।

    बन्दाबन्दीले अफ्ठेरोमा परेका श्रमिक तथा विपन्न वर्गका नागरिकलाई अत्यावश्यकीय खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराएर अहिलेको जटिल परिस्थितिमा गाउँ–गाउँमा सरकारको उपस्थिति देखाइएको र आफ्नो सेवा सुविधा समेत कटौती गरेर सहयोग गरेको महिला सदस्य बानु सुब्बा बताउनुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…