• काठमाडौं । आज नयाँ वर्ष २०७७ साल सुरु भएको छ। अन्तर्राष्ट्रिय नयाँ वर्षसमेत मनाउने गरेका नेपालीले आफ्नै नयाँ वर्ष त झन् अझ उत्साहसाथ मनाउने गर्छन्। नयाँ-नयाँ ठाउँ घुमेर रमाइलो गर्छन् ।

    तर यसपटक विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणले गर्दा स्थिति फरक भएको छ । अर्थात् नयाँ वर्षमा जुन हर्ष हुनुपर्थ्यो, त्यो हुन पाएन। संक्रमण नफैलियोस् भनेर विश्वसँगै नेपालले पनि वैशाख ३ गतेसम्मका लागि लकडाउन गरेकाले यतिबेला सबै नेपाली घरघरमै थन्किनपुरेको छ ।

    यही स्थिति विचार गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अत्यन्त दुःखी भएर नयाँ वर्ष २०७७ सालको शुभकामना दिएका छन् ।

    उनले ट्विट गर्दै यसरी शुभकामना दिएका छन्, ‘पुरानो वर्षलाई बिदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो। तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं। म यहाँहरू सबैमा नयाँ वर्ष नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्छु ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…