खिम सुनार
मैले रामकोघरमा लड्डु खाएको छु, अनि रहिमको घरमापनि खिर खाएको छु, छिमेकीले जुठेल्नुमा मिल्काएको जुठा खाना पनि टिपेको छु, हो म गरिब छु त्यसैले भोकै छु, मलाई धर्म र जातिय बिभेद के होथाहाँछैन, मेरो पेटमा बलिरहेको छभोकको आगोनिभाउ कसरी,यहाँ कोहिँ मानिसहरु धर्मको नाममा लडिरहेका छन, कोहिँ जातिय बिभेद कै कारण मरिरहेका छन, कोहिँ रंग,वर्ण र क्षेत्रीय कित्ताकाट बाट युद्ध गरिरहेका छन, तर मलाई थाहा छैन के हो धर्म? थाहा छैन के हो बिभेद, थाहा छैन के हो रंग, वर्ण अनि क्षेत्र? म यहि समाज भित्र छिद्रै छिद्रा भएको छाप्रो भित्र बाट मेरो घरको छेउ हुदै आउने जाने हरेक मान्छे नियाल्दै रित्तो आसाको दियो बालिरहेकोमानिस हु, दुई शब्द सहानुभूतिको चाहिदैनमलाई बरूदुई दान अनाजको देऊ मिठो मानेर चपाउने छु, मेरो लागी भोक भन्दा ठुलो धर्म र अनाज भन्दा ठुलो ईश्वर कहिँ छैन।
बझाङको सुनिकोटमा मेरो छिमेकी घरमा हरि दाई र रमा भाउजु बस्नु हुन्छ, हरिदाईको २०४० साल तिर सेतीनदी पारीको गाऊँ भाटेखोला बाट विबाह भएको हो, हरी दाई र रमा भाउजु औधी मिलनसार हुनुहुन्छ। समाजमा राम्रो र सरल मानिसको उदाहरण दिनु पर्यो भने पनि हरि दाई र रमा भाउजुको नाम लिने गर्छन। २०४२ सालमा पहिलो सन्तानको रुपमा श्यामको जन्म भयो त्यसको दुईसाल पछी २०४४ छोरी गीताको पनि जन्म भयो।आज श्याम र गीता नजिकैको श्री सुनिकोट माध्यमिक विद्यालयमा पढ्न जान्छन् ।
दाजु भाउजुको जीवनयापन सुख दुःख चहिरहेको छ। हरी दाई निमेक गर्न जान्छन भने रमा भाउजु आफ्नो घरछेऊमा रहेको सानो बारीमा काम अनि छोरा छोरीको हेरचाहगर्छिन्। ८/६ वर्षको छोराछोरीको साथमा खुसी छन, यो समाजमा एक मानिसले अर्को मानिस प्रति जातिय बिभेद गरे झै भगवानले पनि बिभेद गरेका छन जस्तो लाग्छ मलाई। भगवानले पनि घुस खाए झै धनिलाई झन धनी, गरिबलाई झन गरिब, त्यसो नहुदो हो त दिन रात नभनि अहोरात्र खटिने गरिबलाई झन् गरिव किन बनाउछन्, नत्र दिन रात मिहिनेत गर्ने हरि दाई किन गरिबीको चरम चपेटा मुनी पिलसिएर हात मुख जोड्न निकै धौ धौ हुन्थ्यो। जतिसुकै समस्याहरु भए पनि हरि दाई र रमा भाउजु भने सधै हासीखुसी छन।दिन हरु बित्दै गए................
२०५० साल जेष्ठ महिनामा हरिदाई सिकिस्त बिरामी हुन्छन। लामो समय सम्म बिरामी हुदा अलि अलि भएका पैसा र अनाज सबै सकिन्छन, अब त घरमाअनाज र एक पैसा छैन,कुनै बेला चहलपहल गर्ने मुसाहरु पनि आज भोलि त यस घरमा खान नपाईने भएर होला अन्तै डेरा सरेछन क्यारे सुनसान छ, जब दरिद्राताले च्याप्छ पशु पंक्षीले त साथ छोड्ने रहेछन मानिसको त के कुरा, कहि कतै पर्खालको डुलो तिर लैजादै गर्दा मुसाको मुख बाट छुटेकोअन्नको दाना भन्दा अरु केहि देखिदैन्।हरिदाईलाई बिमारले च्यापदै गए पछि अलिक माथी रहेको धामी बस्ने मन्दिरमा लगेर धामीलाई देखाउछिन् , साथै लङ्गादेव, डाडाँदेव, दुर्गा भवानी, डाडाँबाघ मन्दिरहरुमा रमा भाउजु नधाएको पनि होईन। रमा भाउजुले जति मन्दिर धाए पनि जति पुजा गरे पनि आखिर न त्यो मन्दिरको धामी बाट ठिक भयो न भाकल गरेर भगवानले नै सुने ,अनन्त रमा भाउजुलाई ठुलो बज्रपात आईलाग्यो , खाली पेट साथै लामो समय सम्म बिमार सँगको परस्पर गर्दा गर्दै हरीदाईको पराजय भयो । हाम्रो सभ्यताले दिएको ज्ञान जीउदाको जन्ति र मर्दाको मलामी, मर्दा र पर्दा साथ दिने सम्मान जनक हाम्रो संस्कारले सवै गाऊलेहरु भेला भएर सेति दोभानमा हरि दाईको अन्त्येष्टि गरिदिए। मलामी फर्केर आए पछि बले काकाले कयौं दिनकोभोकले ओठ तालु सुकेर न आखाँ बाट आसु चुहिन्छ न मुखबाट आवाज निस्कन्छ,भोजनको अभावले जीवन र मरणको दोसाँधमा रहेका श्याम र गीतालाई देखेर दयाँ लागे छ क्यारे आँगनमा उभिएका मलामीहरु सँग कानेखुसी गर्दै त्यहा बाट जानु हुन्छ, श्याम र गीताले बले काकालाई ओझेल नपरुन्जेल खुट्टामै खिईसकेको चप्पलले पैतलामा प्याट्ट प्याट्ट हानेको हर्दै वसे।
[caption id="attachment_79549" align="alignnone" width="364"] खिम सुनार[/caption]
केहि समय पछि बले काका र केहि मानिसहरु काधमा पोको बोकेर गानगानगुनगुन गर्दै आएको देखेर गीताले श्यामलाई कोट्याउदै देखाउछिन, उनिहरुको अनुहार हर्दा लाग्दथ्यो अब केहि बाच्ने आशा पलाएका छन्। बले काकाको प्रत्येक पाईला सँगै दुल्दै गरेको आखाँहरु झिमिक्क नगरी आफ्ने घरको आगनमै रोकियो, गीता सकि नसकी उठ्ने प्रयास गर्दै गरेको देखेर बले काका भन्छन “सुत सुत एक छिन सुत” श्रीमानको बियोगमा अर्धचेत भएर लडेकि आमा तिर आखाँ पुर्याउदै टाउको लुत्रुक्कै पार्दै भुईमा बिसाई। घर भित्र छिरेको केहि बेर पछि बले काकाले भित्र बाट एक हातमा अम्खरा र अर्को हातमा थाल समाएर बहिर निस्किए श्याम र गीताको छेउमा बस्दै गिता!! नानी! उठ् बले काकाको आवाज सुनेर गीताले बिस्तारै आखाँ खोली बले काकाले दाजु बहिनिलाई पालैपालो गरी खाना खुवाई दिए, परेलाको बार नाघ्दै गरेको टिलपिल आँसु भरिएको आँखाले निकै बेर हेरिरहीबले काकालाई, अम्खरा बोकेर आँगनको डिलमा पुगेर हात पखाल्दै भन्छन् , रमा नानी! दैवको लिला यस्तै छ, एक जानु सवैलाई पर्छ केवल ढिलो चाडो मात्रै हो उठ! तिमि पनि केही खाना भित्र छ खाउ तिमी ठिक नभए यिनीहरुको के होला? अब आमा पनि तिमी हौ बाउ पनि तिमी तिम्रो काधमा छ जिम्मेवारी आज हामीले गाउलेहरुले केही रासन ( खाद्यान्न) जम्मा गरी ल्याईदिएका छौ, सधै दिन सकिन्न अब तिमी तङ्ग्रीनु पर्छ।
त्यस पछि ज्याला मजदुरी गरेर भए पनि यि भुराभुरीका पेट भर्न पर्यो नि! बले काकाको आवाज सुनेर उम्म्म्म् गर्दै ज्यान चल्मलाउदै गर्दा श्याम र गीता जसोतसो आमाको छेऊमा पुग्छन, सायद अब ताङ्ग्रिएछन क्यारे। श्याम आमाको टाउको बाट उठाउने प्रयास गर्छ, गीता भित्र जान्छे र बले काकाले छ भनेको खाना लिएर आउछे।साना हात मसिना औलाले दुईचार सिता भात च्यापेर आमाको मुखमा राखिदिन्छे रमा भाउजु झन भावबिहिल हुदै छोराछोरीलाई छातिमा टाँस्दै भक्कानो छोड्छिन्। बले काका रमा नानी अहिले म निस्किए भ्याए भने आऊला भन्दै चप्पल पट्काउदै निस्केको देखेर गीताले निकै बेर घोरिएर हेरिरही सायद आफ्नो बाउ बिरामी भए यता पेट भरी खान पाएकी थिईन आज बाले काकाले आफ्नो हातले खुवाईदएकोले होला, उसको आखाँमा भने मायाको भाब देखिन्थ्यो।
दिन रात बित्दै गए छोराछोरीको अनुहार हेरेर श्रीमानको पिडा भुलाउने कोशिस गरिरहेकी रमा भाउजु सोच्छिन अब गाऊलेहरु बाट पाएको सहानुभूतिको राहत पनि सकिए छ, मैले मेरो छोरा छोरीको लागी मिहिनेत गर्नुपर्छ। रमा भाउजु दुईचार दिन मात्र काममा गएकी थिईन। फेरी श्याम बिरामी भयो । लाग्छ भगवानले पनि संसारको सवै समस्याहरु थुपार्नको लागी रमा भाउजुको घर चुनेको छन् , केहि दिन पहिला मात्रै श्रीमानको मृत्युको बियोग भुल्न नपाउदै , घरमा खाना छैन, छोरा बिरामी छ औसधी उपचारको लागी पैसा छैन। सवै भोका छन श्याम गीता अनि भाउजुको मुखमा मार नपरेको दुई दिन भसकेको थियो। र
मा भाउजुले श्यामलाई काखमा लिएर बसेकी थिईन, लाग्छ आज पनि गीता बलेकाका आउने बाटो हेरेर बसेकि थिई,सायद बाउ मर्दा गाउलेको सहानुभूतिले दिएको दुइ चार छाक खाना स्मरण गर्दै सोच्छे होला, बिरामी दाजुको अनुहार हेर्दै यो मरे पनि पेट भरी खाना पाईन्थ्यो, त्यसैले जुरूक्क उठेर आमाको कान नजिक पुगेर खुसुक्ख भन्छे आमा! “दाई कहिले मर्छ?”अचानक चट्याङ परे झै भएछ क्यारे रमा भाउजु बेस्सरी चिच्याईन अनि भनिन् “नानि! के भनेकी तैले यस्तो पनि बोल्ने हो?यस्तै यस्तै कराईन”, गीता भने त्रसिद नम्र स्वरमा भन्छे आमा! अस्तिनै बाबा बिरामी हुनु भयो खान पाईन, बाबा मरे पछी बल्ल पेट भरि खान पाए, आज दाइ बिरामी छ खानपाएको छैन भोक लागेको छ मलाई, दाई मर्यो भनेकसैले खान दिन्छन हामीलाई! रमा भाउजुले गीतालाई बेस्सरी छातिमा च्याप्दै भन्छिन, भोक भन्दा ठुलो धर्म र रोटि भन्दा ठुलो ईश्वर कहिँ छ भने भनिदेउ म धर्मै बद्लिदिन्छु। दुनियाँमा धेरै जान यस्ता पनि छन चाहेर पनि केहि गर्न नसक्ने, उनिहरुलाई कसैको सहयोगको हात चाहिएको हुन्छ। हुन सक्छ हाम्रो सानो सहयोगले उनिहरुको घर संसार बच्न सक्छ। मन्दिर र मस्जितको बाहिर राखिएको दान पात्रमा पैसा हाल्नु भन्दा कुनै गरिबलाई सहयोग गरौं कुनै भोको मान्छेलाई एक छाक पेट भरि खाना दिऊ, त्यहि महान हुने छ त्यहि महान हुने छ।