• कैलालीमा ६५ वर्षीया महिलामा कोरोना
    संक्रमण पुष्टि, संक्रमितको संख्या १३ पुग्यो
    कैलालीमा ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

     

    र्‍यापिड टेष्टमा नेगेटिभ आएपछि घर पठाइएकी कैलाली, लम्किचुहाकी एक महिलामा कोरोना संक्रमण भएको परीक्षणमा पुष्टि भएको हो ।
    वीरगञ्ज नाकामा चिया बेच्ने गरेकी उनलाई कोरो संक्रमण पुष्टि भएको जानकारी आइसकेको बताइएको छ । लम्किचुहा नगरपालिका बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलामा संक्रमण देखिएको हो । क्वारेन्टाइनमा बसेकाहरूको र्‍यापिड टेष्ट किटबाट परीक्षण गरिएको थियो ।

     

    रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई २८ चैतमा घर पठाइएको थियो ।

     

    तर पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएको हो ।अहिले सक्रमितलाइ सेती प्रादेशिक अस्पताल लगिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १३ पुगेको छ ।१३ जनामध्ये एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने बाँकी १२ जनाको उपचार भइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…