काठमाडौँ, १ बैशाख । नेपालमा फेरी कोरोना भाइरस कोभिड-१९ को नया संक्रमित फेला परेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले रौतहटका १९ वर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि गरेका हुन् ।
क्वारेन्टाइनमा रहेका ति युवकको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा नतिजा पोजिटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।
यस अघि नै कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टाइनमा रहेकी ६५ वर्षीया महिलामा कोरोनाको संक्रमणको पुष्टि भएको थियो।
कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रवक्ता विकास देवकोटाले सबै जनतालाई होम क्वारेन्टाइनमा बसेर लकडाउनको पालना गर्न अनुरोध समेत गरेका छन ।