काठमाडौं । भक्तपुरको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५औं तलामा बस्ने एक परिवारका तीनजनामा कोरोना संक्रमणको आशंकामा पाटन अस्पताल भर्ना भएका छन् ।
काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जना सदस्यमा गरिएको र्यापिड डाइग्नोस्टिक टेस्टबाट उनीहरुमा कोरोना संक्रमणको सम्भावना देखिएपछि अस्पताल लगिएको हो ।
झन्डै एक महिनाअघि लण्डनबाट फर्किएका बताइएको छ । अहिले तीनै जनालाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।