•  

     

    काठमाडौं- काठमाडौंकाे पेप्सीकोलामा एकै परिवारका तीन जनामा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षण पोजेटिभ देखिएको छ ।

    हालै बेलायतबाट फर्किएका उनीहरुमा र्‍यापिड टेष्ट किटबाट गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरुमा कोरोनाको संक्रमण देखिएपछि पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ ।

    अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माका अनुसार र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसाेलेशनमा राखिएको हो ।

    अस्पतालले थ्रोड स्वाब संकलन गरी पीसीआर विधिबाट पुनः परीक्षण गर्न लागेको अस्पतालका निर्देशक शर्माले बताए । डा शर्माका अनुसार उनीहरु केही समय अगाडि बेलायतबाट नेपाल आएका हुन्।

    उनीहरुमा र्‍यापिड टेष्ट किटबाट कोरोना परीक्षण पोजेटिभ देखिएपछि अहिले उनीहरु बसेको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट सील गरिएको छ । सो क्षेत्रमा प्रहरीले उच्न निगरानी समेत बढाएको छ ।

    अहिले प्रहरीले अपार्टमेन्ट भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन ।

    प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उनीहरु तीन जना गत चैत ५ गते बेलायतबाट आएको थाहा भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…