•  

    बैशाख २, २०७७ 

    एजेन्सी
    ह्वाइट हाउसको कोरोनाभाइरस टास्क फोर्सको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो केही दिनदेखि नयाँ संक्रमितको संख्या स्थिर भएको जानकारी दिएका छन् ।

    ट्रम्पले सोमबारको पत्रकार सम्मेलनमा भने, ‘न्यूयोर्क, न्यू जर्सी, मिशिगन र लुसियानाजस्ता हटस्पटमा अस्पताल भर्ना हुने प्रक्रिया सुस्त भएको छ । किनभने अमेरिकीले निर्देशनको पालना गरिरहेका छन् । तपाईं चार्ट पनि हेर्न सक्नुहुन्छ । सुरुमा एक लाख बढी मृत्यु हुने बताइएको थियो । हाम्रो संख्या कम हुनेछ । यसको ठोस् प्रमाण यो हो कि हाम्रो आक्रामक नीतिले काम गरिरहेका छन् ।’

    उक्त पत्रकार सम्मेलनमा ट्रम्प अमेरिकी मिडियामा कोरोनाभाइरसबारे समाचार सम्प्रेषणका लागि पत्रकारसँग रुष्ट देखिए । ट्रम्पले एउटा भिडियो देखाउँदै त्यसलाई नक्कली समाचारको प्रमाण बताए । ट्रम्पले भने, ‘म आलोचकहरुलाई महत्व दिन्नँ तर जब आलोचना गर्नेहरु गलत हुन्छन् तब भन्न आवश्यक छ ।’

    जब सिबिएसकी पत्रकार पाउला रीडले ट्रम्पलाई उनले फेब्रुअरी महिनामा कोरोनाभाइरसको संक्रमण रोक्नका लागि के काम गरे भनेर सोधिएको प्रश्न जवाफ दिन अस्विकार गरिरहे । अन्त्यमा ट्रम्प पाउला रीडमाथि भड्किँदै भने, ‘तपाईं झुटो हुनुहुन्छ भनेर तपाईंलाई थाहा छ ? के तपाईंलाई थाहा छ ? तपाईंको पूरा कभरेज गलत छ ।’

    https://twitter.com/Millicentsomer/status/1249829120373960704?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1249829120373960704&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F126092%2F2020%2F4%2F14%2Ftrump-rips-reporter-over-question

    यो पत्रकार सम्मेलनमा अमेरिकाका संक्रमित रोगका विशेषज्ञ डा. एन्थोनी फाउचीले पनि ट्रम्पको समर्थन गर्दै कोरोना भाइरसको संक्रमणको गतीमा कमी आएको बताए । डा. फाउचीले आइतबार एक अन्तर्वार्तामा यदि अमेरिका पहिलेदेखि नै सतर्क रहेको भने कम मानिसको मृत्यु हुने उनले बताएका थिए । उनले अब त्यसमा शब्द चयन राम्रोसँग नगरिएको स्पष्टिकरण दिए ।

    डा. फाउचीको उक्त अन्तर्वार्तापछि ट्रम्पले उनलाई संक्रमित रोगको प्रमुखबाट हटाइदिने अड्कलबाजी गरिएको थियो । फाउचीले भने, ‘मलाई काल्पनिक प्रश्न सोधिएको थियो र यस्ता प्रश्नले थुप्रै पटक समस्या निम्त्याउँछ । अन्तर्वार्तामा सोधिएको प्रश्नको जवाफको शब्द चयन राम्रोसँग गरिएको थिएन ।’

    राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी रोक्नका लागि आफूले सबैकुरा राम्रो गरिरहेको बताए । ट्रम्पले भने, ‘जब मैले सुरुवातमा नै संक्रमण रोक्नका लागि प्रतिबन्ध लगाएँ, त्यतिबेला पनि मेरो निकै आलोचना भयो ।’

    अमेरिकामा ३० लाखमाथि कोरोनाभाइरस परीक्षण गरिएको ट्रम्पले बताए । उनले दैनिक १५ हजार जनाको परीक्षण भइरहेको पनि जानकारी दिए । अमेरिकामा अहिलेसम्म कोरोनाभाइरसका ५ लाख ८६ हजार ९ सय ४१ जना संक्रमित छन् भने २३ हजार ६ सय ४० को मृत्यु भइसकेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…