• वैशाख २, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केहि स्थानमा पानी परेको छ । देशमा स्थानीय तथा पश्विमी वायुको समेत प्रभाव रहेकाले मौसम बदली भएको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकासहित देशका मध्य पहाडी भू-भागमा हल्का बर्षा भइरहेको हो । दिउँसो देशभरको मौसम बदली रहने छ भने केहि स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको संम्भावना छ ।

    यस्तो छ तीन दिनको पूर्वानुमान :-

    बैशाख २ गते (मंगलबार)

    दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका केहि स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ। रातीः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पश्चिमका पहाडी भू-भागका थोरै स्थानहरुमा र पूर्वका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    बैशाख ३ गते (बुधबार)

    दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको संम्भावना रहेको छ। रातीः देशको पुर्वी भू-भाग र मध्य तथा पश्चिमका पहाडी भु-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहने छ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    बैशाख ४ गते (बिहिवार)

    दिउँसोः देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रहने छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा तथा पुर्वी भू-भागका केही स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको पश्चिमी पहाडी भू-भागमा आँशिक बदली र मध्य तथा पुर्वी भू-भागमा आँशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको मध्य पहाडी भू-भागमा एक दुइ स्थानमा र पुर्वी भू-भागमा थोरै स्थानमा मेघगर्जन/ चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…