• २०७७ बैशाख २ मंगलबार 

    नेपाल पत्रकार महासंघ युरोप शाखाले भिडियो कन्फरेन्स मार्फत् कोरोना भाइरस (कोभिन-१९) विरूद्ध पहिलो लाइनमा रहेर सुचना संम्प्रेषण गर्ने पत्रकार, सुरक्षा निकाय र स्वास्थकर्मीहरूको उच्च मनोबल बढाउन राष्ट्रिय गान सहित १ मिनेट ताली बजाउँदै भिडियो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

    सोमबार युरोप शाखाले भिडियो लाईभ मार्फत युरोप लगायत विभिन्न देशका एक दर्जन बढी पत्रकार,राजनितीकर्मी,कुटनितीज्ञ,महिला अधिकारकर्मी,गैरआवासीय नेपालीहरूको क्रियाशिलता लगायतका विषयमा छलफल सम्पन्न भएको पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले बताउनुभयो ।

    अध्यक्ष राईले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हानमा पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरूको सम्मानमा आयोजित एक मिनेट ताली बजाएर हौसला प्रदान गरेको बताउनुभयो । अध्यक्ष राई भन्नुभयो “नयाँ प्रविधिको विकाससंगै अहिले आएको जुम सप्टवयेरबाट ताली र राष्ट्रिय गानसंगै बजाएर कार्यक्रम भिडियो कन्फरेन्स मार्फत गरेकोमा खुशी छौँ ।”

    कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्साल, नेपाल पत्रकार महासंघका लेखा समितिका संयोजक रोशन पुरी, महासंघका केन्द्रीय सचिव उदय जिएम, महासंघका पूर्व कोषाध्यक्ष सूर्यमणि गौतम, महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपाङ्गी मगरलगायत विभिन्न देशका सञ्चारकर्मी तथा गैरआवासीय नेपालीहरूको ब्यापक सहभागीता रहेको थियो ।

    कार्यक्रममा उपस्थित डेनमार्कका लागि नेपाली राजदूत युवनाथ लम्सालले विश्वभर फैलिएको यो विपत्ती भनेको तेस्रो विश्वयुद्व जस्तै भएकोले हामी सबैले सामाजिक दुरीको माध्यमबाट नजिक हुँदै शारीरिक सम्पर्कको दुरी बढाउनु नै सुरक्षित बन्ने उपाए रहेको धारणा ब्यक्त गर्नुभयो । राजदूत लम्साल थप्नुहुन्छ ” यो कोरोना भाइरसको महामारीले न देश न राष्ट्रियता नै भनेको छ, न कुनै धर्म,जात,संस्कृति नै भनेको न ठुलो न सानो यो भाइरसले सबैलाई डसेको छ त्यसैले सबै सुरक्षित हुनुपर्ने उहाँको धारणा थियो ।”

    त्यस्तै नेपाल पत्रकार महासंघ युरोप शाखाले विश्वभर रहेका पत्रकारहरूसंग समन्वय गर्दै समय समयमा भिडियोमार्फत्
    छलफल गर्दै आएको छ भने कोरोना महामारीबाट नेपाली समुदायहरूलाई सहजताको लागि सुचना प्रवाहका साथै गैरआवासीय नेपाली संघ र कुटनीतिक नियोगहरूलाई खबरदारी गर्दै आएको छ।
    (नेपाल समाचारपत्र दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…