• जनकपुरधाम, २ वैशाख । प्रदेश २ मा झन्डै एकसाथ चार जना कोरोना संक्रमित फेला परेपछि प्रदेश सरकारले उच्च निगरानी अपनाएको छ ।

    सरकारले विभिन्न ठाउँलाई ‘हट स्पट’को रुपमा निगरानी बढाएको र आवश्यक परे स्थान विशेषलाई सिल गर्नेसम्मको तयारी सरकारको छ ।

    खासगरी संक्रमित देखिएका व्यक्ति पुगेका ठाउँहरुलाई प्रदेश सरकारले ‘हट स्पट’ को रुपमा राख्दै त्यहाँ उच्च निगरानी बढाएको छ । ‘सुरुमा ती स्थानमा चेक जाँच र निरीक्षण गरिनेछ,’ प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले अनलाइनखबरसँग भने, ‘सिल गर्नुपर्ने अवस्था आए, त्यो पनि गरिनेछ ।’

    तीन जना कोरोना संक्रमित फेला परेका वीरगञ्जको वडानम्बर २ को पूरै भूभाग, सप्तरीको बोदेबर्साइनमा भएको मुस्लिम धार्मिक सभास्थलसहित १२ ठाउँमा सिल गर्न सकिने मन्त्री यादवले जानकारी दिए ।

    यी ठाउँहरुमा उच्चस्तरीय सुरक्षा समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीले जाँच तथा अनुगमन गर्ने मन्त्री यादवले बताए । ‘त्यसपछि जुन ठाउँको अवस्था शंकास्पद देखिन्छ, त्यो ठाउँलाई तत्कालै सिल गरिन्छ,’ उनले भने ।

    उनले यसका निम्ति सुरक्षा समितिका उच्च अधिकारीहरु सोमबारै स्थलगत अनुगमन सुरु गरिसकेको बताए ।

    प्रदेश २ को वीरगञ्जमा तीन जना भारतीयमा र रौतहटमा भारतबाट आएका एक जना युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…