• त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ ।

    धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ । किनार जान नै अरुचि लाग्ने अवस्था भएको नदी कञ्चन भएकाले मानिसको आकर्षण बढ्न थालेको हो । नदी किनारमा माछा मार्न मानिसहरु कोही जाल हान्दै छन्, कोही बल्छी थाप्दैछन् । नदी किनारमा माछा मार्न खोज्नेको लस्करै देखिएको छ । तीन हप्ताको समयमै नदी सङ्लो हुने अवस्थामा छ । नदी किनारमा स्थापना गरिएका बालुवा धुने यन्त्र तथा क्रसर उद्योग, ढुंगाखानी आदि बन्द भएका कारण नदीले आफ्नो पुरानो स्वरुप लिएको हो ।

    नदी सफा भएको मौका पाएपछि नदी छेउछाउमा बस्नेहरु माछा मार्ने मात्र होइन पौडी खेलेर मजा लिन थालेको तथा कसैले लुगा धुने गर्न थालेको महाकाली मावि कुम्पुरका शिक्षक जानुका रिजालको अनुभव छ ।

    अवैध रुपमा सञ्चालित खानीले नदी प्रदूषित पारेर बाह्रै महिना धमिलो आउने अवस्था आएको थियो । बीस वर्षअघिदेखि नदी किनारमा उत्खनन शुरु भएको हो । शुरुका वर्षमा नदी धमिलो थिएन । नदीमा ठूला यन्त्र जान थालेपछि नदी धमिलिएको संरक्षणकर्मी उत्तम कँडेलको भनाइ छ ।

    नदीलाई यसरी नै सङ्लो भएर बग्न दिने हो भने जलयात्रा गर्नेहरु बढ्ने छन्, होटेल व्यवसाय फस्टाउने छ । सांस्कृतिक, धार्मिक पर्यटनको समेत सम्भावना बोकेको त्रिशूली जोगाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताउनुभयो । नदी छेउका सबै उद्योग हटाउनुपर्नेमा सबै गाउँपालिका तथा नगरपालिका क्षेत्रका मानिस एकमत छन् । उद्योग हटाएर राष्ट्र निर्माण गर्न नसकिने भएकाले बालुवा धोएर निस्केको पानी सफा पारेर मात्र नदीमा हाल्ने व्यवस्था मिलाउनुपर्नेमा संरक्षणकर्मीको माग छ । रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…