• २०७७ बैशाख २,
    काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।

     

    केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो एक मन्त्रीले बताए। एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ।

     

    यस्तै, लकडाउनका कारण फँसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारल निर्णय गरेको छ।

     

    आजै छिमेकी भारतले लकडाउन १९ दिनका लागि बढाउने घोषणा गरेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…