• बाहुण्डाँगी । बेलबारी जेसीजले आयोजना गरेको अनलाइन वक्तृत्वकला प्रतियोगितामा पथरी जेसीजकी एलिना दियाली प्रथम भएकी छिन् ।

    कोराना भाइरसले देश आकान्त बनेर लकडाउनमा भएको अवस्थामा समयको उचित सदुपयोग गर्दै नेपाल जेसीजले अनलाइनमार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । जस अन्तर्गत बेलबारी जेसीजले देशव्यापी बक्तृत्वकला प्रतियोगिता गरेको हो । कोरोना भाइरस नियन्त्रणमा युवाहरुको भूमिका विषयक प्रतियोगितामा देशभरबाट २० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

     

    १९ जना प्रतियोगिलाई पछि पार्दै सफल उनी प्रथम भएकी हुन् । प्रतियोगितामा कोहोलपुर जेसीजकी कृतिका आचार्य दोस्रो भइन् । उनले नगद ३ हजार प्राप्त गरिन भने चक्रघट्टी जेसीजका प्रेम बस्नेत तेस्रो भएका थिए । उनले नगद २ हजार प्राप्त गरेका थिए । विजेताको नगद पुरस्कार उनीहरुको व्यक्तिगत खातामा पठाइने शाखाका महासचिव भुवन कार्कीले बताए । साथै प्रथम हुनेलाई भलबाडी महाधिवेशनमा ट्रफी प्रदान गरिने समेत बताए ।

     

    प्रतियोगिताको निर्णायकमा अनिलबहादुर शाही, भरत प्रसाई, आनन्द अधिकारी, अर्जुन चापागाई र पर्यवेक्षकमा देबु बानियाँ रहेका थिए ।
    शाखाका अध्यक्ष राजेश खत्रीको अध्यक्षता तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ, निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर विजय गुरुङ, निरुपित उपाध्यक्ष कृष्ण सापकोटा, शाखाका संस्थापक अध्यक्ष माधवराज थापालगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव भुवन कार्कीले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…