• गत २४ घण्टामा अमेरिकामा अहिले सम्म कै सबै भन्दा धेरैको ज्यान गयो, संक्रमितको संख्या ६ लाख माथि, विश्वभर संक्रमितको संख्या २० लाख नाघ्यो, भारतमा पनि ११ हजार नाघ्यो (कुन देशमा कति) काठमाडौँ, ३ बैशाख । अमेरिका कोरोना भाइरस कोभिड-१९ को कारण २४ घण्टामा अहिले सम्म कै सबै भन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा मंगलबार एकै दिन २ हजार ४ सय ७ जनाको ज्यान गएको छ । अमेरिका सबै भन्दा धेरै संक्रमित भएको देश मात्र हैन सबै भन्दा बढी ज्यान गुमाउने देश पनि हो। यो समाचार तयार पार्दा सम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या २६ हजार ५४ पुगेको छ । त्यसै गरि संक्रमितको संख्या पनि विश्व कै सबै भन्दा बढी ६ लाख १४ हजार ९२ पुगेको छ । यस बीच निको भएर घर फर्किनेको संख्या अत्यन्तै न्यून ३८ हजार ८ सय २० मात्र रहेको छ । अमेरिकामा गत आइतबार १ हजार ५ सय २८ र शनिबार १ हजार ८ सय ३० जनाको मृत्यु भएको थियो । भने गत शुक्रबार २ हजार ३५ जनाको ज्यान गएको थियो । त्यस्तै बिहिबार पनि १९ सय जनाको ज्यान गएको छ । त्यसै गरि बुधबार एकै दिन १९ सय ४० र मंगलबार १९ सय ७१ जनाको ज्यान गएको थियो। इपिसेंटर मानिएको न्युयोर्कमा अहिले सम्म सबै भन्दा बढी १० हजार ८ सय ३४ जनाको ज्यान गैसकेको छ । त्यसै गरि सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ७४ हजार ६० र १ लाख ६२ हजार ४ सय ८८ जनामा संक्रमण देखिएको छ । सबै भन्दा धेरै ज्यान गुमाउने दोस्रो देश भने इटाली रहेको छ। जहाँ यो समाचार तयार पार्दा सम्म २१ हजार ६७ जनाले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने तेश्रो देश स्पेन रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १८ हजार २ सय ५५ जनाको ज्यान गैसकेको छ । कोरोना भाइरसका कारण छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म ३९३ जनाको ज्यान गइसकेको छ । संक्रमितको संख्या ११ हजार ४ सय ८७ पुगेको छ । भारतमा गत बिहिबार सबै भन्दा बढी ४९ जनाको मृत्यु भएको थियो । त्यस्तै गत बिहिबार एकै दिन ८ सय ९ जना नया संक्रमित फेला परेका छन । त्यस्तै हिजो मंगलबार ३५, सोमबार २७ र आइतबार ४३ जनाले ज्यान गुमाएका थिए । भारतमा गत सोमबार एकै दिन अहिले सम्म कै सबै भन्दा बढी १ हजार २ सय ४८ जना नया संक्रमित फेला परेका थिए । गत शुक्रबार पनि एकै दिनमा ८ सय ७५ जना नया संक्रमित फेला परेका छन । त्यसै गरि शनिबार ८ सय ४६ जना नया संक्रमित फेला परेका थिए । गत आइतबार पनि ७ सय ५९ जना नया संक्रमित फेला परेका थिए । हिजो मंगलबार पनि एक हजार ३४ जना नया संक्रमित फेला परेका थिए । भारतमा दिन दिनै संक्रमित र मृत्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ । भने लकडाउनको समय पुन ३ हप्ता थप गरिसकेको छ । नेपालमा पनि १६ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन । बाकी १५ जनाको उपचार भइरहेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर सक्रमितको संख्या २० लाख पुगेको छ । त्यस्तै ज्यान गुमाउनेहरुको संख्या १ लाख २६ हजार ७ सय २० पुगेको छ ।

    पुरा देशको तालिका तल हेर्नुहोस :

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…