समयमै लकडाउन नगरेको भए नेपाल र भारतमा आज हजारौं नागरिकलाई अदृश्य कोरोना भाइरसले मृत्युको मुखमा पु¥याइसकेको हुनेथियो । यसका लागि नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अडान र भिजनको प्रशंसा भएको छ ।
भारतीय प्रधानमन्त्रीले मंगलवार छोटो समयमै राष्ट्रका नाममा तेस्रो सम्बोधन गरी आगामी ३ मेसम्म लकडाउन लम्ब्याएका छन् । उनले लकडाउनका कारण उद्योग तथा व्यापार व्यवसाय ठप्प हुनपुग्दा राष्ट्रको अर्थतन्त्रले ठूलो क्षति बेहोर्नु परेपनि अर्थतन्त्रभन्दा ठूलो जनताको जीवन रहेको बताएका छन् ।
पहिले नै नाजुक अवस्थामा रहेको भारतको अर्थतन्त्र वृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशतबीच सीमित रहने विश्व बैंकले अनुमान गरेको छ ।
मोदीले सम्बोधनको क्रममा कोरोनाको मारबाट सबैलाई बचाउन अहोरात्र खट्ने स्वास्थ, सुरक्षा तथा सञ्चार क्षेत्रका सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद दिएका छन् ।
नेपालमा पनि वैशाख ३ गतेसम्म तोकिएको बन्दाबन्दी वैशाख १५ सम्मका लागि थपिएको छ । लक डाउनको म्याद भने एकैचोटि लामो समय थप्दा जनतामा निराशाको भावना फैलिनसक्ने हुँदा एक–एक साता गरी आवश्यकताका ठोसआधार खुलाएर लक डाउन थप्दै जाँदा रामे हुनेछ ।
तर लक डाउन थप्दा आइपर्ने अन्य समस्या र आवश्यकताबारे पनि सरकार चनाखो हुनु जरुरी छ । नेपालमा पनि दैनिक ज्याला मजदुरी गरेर खानेहरुका लागि विभिन्न स्थानमा विभिन्न समाजसेवीहरुले स्वतस्फुर्त रुपमा खानको व्यवस्था गर्दै आएको स्वागतयोग्य छ ।
अझ भारतमा कोरानाको घटना बढ्दै गएपछि त्यहाँबाट सुरक्षाका लागि सीमा नाघ्दै नेपाल भित्र छिर्नेहरुमाथि रोक र नियन्त्रणका लागि नेपाल शसस्त्र प्रहरीको थप बल प्रयोग हुनु पनि प्रशंसनीय नै छ । त्यसमाथि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ स्वयम्ले भिआइपिहरुको निजी सुरक्षामा कटौती गरेर पनि सीमा क्षेत्रमा निगरानी बढाउनु भन्ने आदेश सान्दर्भिक हो ।
त्यसैगरी भारतमा केहि गैर सरकारी संघ संस्थाले विभिन्न शहरमा अलपत्र परेका सडक बालबालिकालाई बस्ने र ख्वाउने सम्बन्धमा पहल गरेजस्तै नेपालमा रहेका त्यस्ता सघ संस्थाहरुले कमसेकम शहरका भित्री गल्ली गल्ली संभवत लकडाउनको सही अर्थ बुझन नसकेकर वा बुझै पचाएर होटेल , रेस्टुरेन्ट खोल्ने र बिना कारण जम्मा भएर चोक चोक गल्लीगल्लीमा भेला हुनेहरुलाई घरभित्रै बस्न सम्झाउने जागरण अभियान मात्र चलाइ दिँदा सरकारको कोरोनाविरुद्धको संघर्षमा थप बल पुग्थ्यो कि भन्ने सोच्नेबेला आइसकेको छ ।
विशेषगरी काठमाडौंको भित्री शहरका अधिकांश रैथानेहरु पूरा घर बहालमा राखेर आफुहरु चक्रपथ बाहिर नयाा घर बनाएर बस्ने गरेकाले तिनीहरुक घरघरमा कतै बहालवलाहरुले कुनै संक्रमित व्यक्तिहरुलाई ल्याएर राख्ने गरेका त छैनन् भन्ने विषयमा तिनीहरु स्वयम र वडाअध्यक्षहरुले समेत यसमा विशेष चासो राख्नुपर्ने समय भएको छ । महामारी फैलिसकेकपछि पछुतो गर्ने र धमाधम आफन्तहरु मर्दै गएको टुलुटुलु हेर्नुबाहेक केहि उपाय बाँकी रहँदैनन् ।
(नेपाल समाचारपत्र दैनिकबाट)