काठमाडाैं, बैशाख ३ गते । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ स्थित सनसिटी अर्पामेन्टमा बस्ने एकै पिरवारका दुइ जनामा काेराेना संक्रमण देखिए पछि नमूना सङ्कलन गरी धमाधम परीक्षण गर्ने काम भइरहेको छ ।
बुधवार २०० जनाको स्वाब सङ्कन गरी परीक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अपाटमेन्टभित्र तीनवटा टेवुल राखी शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुका स्वास्थ्यर्कीहरुले उहाँहरुको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको हो । त्यसमा आवश्यक समन्वय नगरपालिकाले गरिरहेको छ ।
अपाटमेन्टमा भित्र बस्ने एक हजार ८९ जना आफैं सम्पर्कमा आएका बाँकी १२ सयदेखि १३ सय जना जति छन उहाँहरुको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्ने तयारी गरिएको छ ।