•  

    युबराज रेग्मी

    दमक / चिनको बुवान बाट कोरोना भाइरस (कोभिड १९)संक्रमण फैलिए संगै हाल विश्व कोरोना बिरुद्दको प्रतिरक्षाको लडाइमा होमिएको छ । मित्रराष्ट भारतमा केहीदिन यता देखि कोरोना भाइरस संक्रमण तिब्ररुपमा बड्दै गर्दा खुल्ला सिमानाका कारण त्यसको प्रत्यक्ष प्रभाब नेपालमा पनि पर्ने देखिन्छ । नेपालमा पनि केहीदिन यता भाइरस संक्रमितको संख्या बढ्ने क्रम जारी छ । हाल देस भर १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि भइसकेको छ । कोरोना भाइरसको सम्भाबित संक्रमण रोक्न नेपाल सरकारले "बन्दाबन्दी" को अबधि लम्ब्याएको अवस्थामा देसभर अध्ययनरत लाखौ विद्यार्थी हरुको परिक्षा तथा कक्षा हरु प्रभाबित भएका छन ।

     

    यसै सन्दर्भलाई सम्बोधन गर्न विधार्थीहरुको शिक्षण सिकाइलाइ निरन्तरता दिने उधेस्यले झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित पुर्बान्चलकै नमुना सामुदायिक क्याम्पसको रुपमा चिर परिचीत दमक बहुमुखी क्याम्पस दमकले संक्रमण काल को बन्दाबन्दी अबधी भर बिध्यार्थी हरुलाई आ-आफ्नो घरमै बसेर अध्ययन गर्न सकिने प्रबिधी-मैत्री अनलाइन अध्यापन शिक्षण पद्दति अबलम्बन गर्ने भएको छ । यश पद्धति बाट बिध्यार्थीले घरमै बसि अध्ययन गर्न सक्ने छ्न । बैसाख ४ गतेबाट अनलाईन शिक्षा सुरु हुनेछ ।

     

    क्याम्पस प्रमुख डा. नेत्र बहादूर बुढाथोकि तथा विभिन्न तहका कार्यक्रम सम्योजकहरु सुमन कुमार नेपाल ,रामचन्द्र अधिकारी र अभिनास कुमार झा लगायत विभिन्न सम्बन्धित प्राध्यापकहरु बिच हिजो मङलबार भएको छलफलले बिधार्थीहरुको परिक्षा तथा शैक्षिक कार्य तालिकालाइ बन्दाबन्दीले असर पुर्याएको बिषय प्रति गम्भीर हुदै तत्काल लाइ सेमेष्टर प्रणाली अन्तर्गतका MBS प्रथम सेमेष्टर तथा BBA र BCA का कक्षाहरु अनलाइन प्रणाली मार्फत संचालन गर्ने निर्णय गरेको छ ।
    बिश्वबिध्यालय अनुदान आयोगबाट QAA मान्यता प्राप्त यस दमक बहुमुखी क्याम्पसमा ब्यबस्थापन, बिज्ञान, तथा मानविकि संकायका बिभिन्न तहका कार्यक्रमहरु संचालित छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…