•  

    बिराटनगर । नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले उपचार गर्ने पैसा नभएर १२ बर्ष अघिदेखि थला परेका बिरामीलाई झापाबाट उद्धार गरेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीका ३१ बर्षीय हस्तबहादुर दर्जीलाई सोमबार उद्धार गरेर उपचारका लागि नोबेल अस्पताल ल्याइएको हो ।

    २०६४ सालमा रुखबाट लडेर मेरुदण्ड भाचिएपछि दर्जीको कम्मर भन्दा मुनिको भाग चल्न छोडेकाले उनी थला परेर बसे । ओछ्यानमै दिसा, पिसाव हुँदा पनि उपचार गर्ने पैसा नभएकाले उनी पीडादायी जीवन बिताउँन बाध्य थिए । दर्जीले भने–‘उपचार गर्ने पैसा नहुँदा आफ्नो नाममा भएको एक कठ्ठा जग्गा पनि मास्नु पर्यो । त्यो पैसाले पनि नपुगेपछि केहि सिप नलागेर १२ बर्ष अघिदेखि ओछ्यान परेको हुँ ।’ बर्षौ अघिदेखि उठ्न नसकेर सुतिरहदा उनको शरिरको पछाडीको अधिकांस भागमा घाउ छ । घाउ निश्किने र पाक्ने क्रम चलिरहदा उनी दुर्गन्धित अवस्थामा थिए । खुट्टा लगायत शरिरका अन्य भागको छाला पनि उक्किन थालिसकेको छ ।

    दर्जीको यस्तो पीडादायी अवस्था थाहा पाएपछि बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले उनको उपचारका लागि पहल गरेका हुन् । अध्यक्ष भुजेलले दर्जीको पीडादायी अवस्था जानकारी गराएपछि डा.शर्माले उनलाई नोबेल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका छन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले यसअघि पनि यस्ता सयौं बिरामीलाई उद्धार गरिसकेका छन् । गरिब, बिपन्न तथा उपचार गर्ने पैसा अभावमा तड्पिरहेका बिरामीहरुलाई डा.शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाई समाजसेवालाई निरन्तरता दिदै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…