• दीप खादी लिम्बू।
    बैशाख-३,क्वालालम्पुर।

    मलेशियाको कोला पिलाह नेगरी सेम्बिलान क्षेत्रमा कार्यरत एक नेपालिको गत अप्रील ७ तारिक दुर्घटनामा परि मृत्यु भएको छ। साकेला गाउपालिका वडा न-३ खिदिमा , खोटाङ स्थायी निवाशी कुल बहादुर खत्रीको एक हप्ता अगाडि मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो।

    रोजगारीको सिलसिलामा करिब ३ बर्ष अगाडि राज ओभरसिज म्यानपावर मार्फत मलेशिया आइपुगेका खत्री रबर उत्पादन फम "साइम डार्बी प्लान्टेसन बेरहाद"कम्पनिमा आएका थिए।

    मृतकका भाई रमेश पौडेलले जानकारी दिए अनुसार घट्ना भएको दिन बिहान कामको लागि हिडेका खत्री राती ८ बजे सम्म पनि कोठा नफर्किए पछि खोज्दै जादा सडक पेटिको नाली भित्र मोटरसाइकल सहित मृत अवस्थामा उनका साथिहरुले भेटेका थिए।खत्रीका परिवारमा २ छोरा ३ छोरी र श्रीमती रहेका छन।

    हाल उनको शब कोला पिलाह नेगरी सम्बिलान स्थिति हस्पिटलमा राखिएको छ।भने नाता प्रमाणिकरणको कागजात सहित कानुनी प्रक्रिया सकिए पनि मलेशिया र नेपाल दुबै देशमा कोरोना महामारीका कारण लकडाउनको अवस्था रहेको हुदा शब लाई तत्काल नेपाल पठाउन सकिएको छैन।

    मृत शब नेपाल पठाउन र दाह सस्कार गर्दा लाग्ने खर्चको केही हिस्सा सहयोग गर्ने उनको कम्पनीले बताए पनि मृतकको जीवन बिमा बारे भने कम्पनीले केही नबोलेको जानकारी प्राप्त भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…