• काठमाडौं, ३ वैशाख (रासस
    पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिमी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।

     

     

    हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भाग पूर्ण वदली भई थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षा भईरहेको छ र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा र पूर्वका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ । भोली देशभर आंशिकदेखि सामान्य बदली बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

     

     

    शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…