• सप्तरी, वैशाख ३ गते । सप्तरीमा भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सातजनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ पाईएको छ ।

    तिलाठी कोइलाडी गाउँपालिकाका एकजना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईएको हो । आठ जनाको समूहमा जमातमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाईएपछि सात जनाको मङ्गलवार राति राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब संकलन गरी परीक्षणका लागि धरान पठाईएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिनुभएको छ ।

    उहाँका अनुसार टोलीका एक सुरुङ्गा नगरपालिका एक जना रहेकामा बुधबार विहान उहाँलाई स्वाब परीक्षणकालागि राजविराज ल्याईएको छ । स्वाब परीक्षण गरिएकाहरु खडक नगरपालिकाका ३ जना, अग्नीसाइर कृष्णासवरण १, विष्णुपुर गाउँपालिका १, तिलाठी कोइलाडीगाउँपालिका १ र सुरुङ्गा नगरपालिका १ जना रहेका छन् ।
    दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गरिएको हो ।

    घरमै बसिरहेको अवस्थामा उनीहरुलाई खोजी गरी अस्पताल पुर्याईएको छ । भारत लगायत विदेशबाट आएका शंकास्पद व्यक्तिहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनु भएका छन् ।

    यस अघि अस्पतालमा १० जनाको स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाईएको थियो । मङ्गलवार राती नै स्वाब परीक्षणका लागि पठाईएका सात जनामा दुई जनाको र्या्पिड डाइग्नोस्टिक टेष्ट पोजेटिभ आए पनि स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्र पोजेटिभ वा नेगेटिभ भन्न सकिने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।

    तिलाठी कोइलाडी गाउँपालिकाबाट आएका एक जनामा पोजेटिभ आएकाले उनीसँगै आएका मोटरसाइकल चालकलाई समेत तत्कालै आइसोलेसनमा राखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…