• मनोज पौडेल

     

    नेकपा र कांग्रेसका हनुमानेहरु , केही भन्नु छ मलाई ।राम्ररी सुन्नु र पढ्नु। कसलाई केको धन्दा घरज्वाइलाई खानको धन्दाजस्तो हाम्रो निर्वाचन क्षेत्र मोरङ ३मा भने 'कोरोना' राजनीति गर्ने राम्रो माध्यम बनेछ, अचम्म।नेकपा र कांग्रेसका हनुमानजीहरु मच्चीमच्ची आरोपप्रत्यारोपमा उत्रिएका छन।फेसबूके राजनीतिमा एक-अर्कालाई सत्तोसराप गर्ने चर्तीकला बडो गजबको देख्छु।हनुमानेहरुले भानुभक्त ढकाल र सुनील शर्मालाई तुलना गरेर एकले अर्कालाई 'हिरो वा भिलेन' बनाउने उद्देश्यमा तल्लीन देख्छु।यो देखेर मलाई कुरीकुरी लागेर आयो। कोरोनाको परिक्षणका लागि खरिद गरेको स्वास्थ्य सामग्रीमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कमिसन खाए भन्नेबाट उछालिएको कुरा नेकपा र कांग्रेसका हनुमानहरु सार्वजनिक रुपमा नै भिड्न पुगेकाले यो भन्न बाध्य भए। यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएर मन्त्री बनेका तेह्रथुमे भानुभक्त मन्त्री हुनु हाम्रो लागि खुसीको कुरा थियोे ।नेकपाका शक्तिशाली नेता भएका कारण केही गर्छन हाम्रो क्षेत्रमा भन्ने सबैको आशा थियोे ।तर कोरोनाको यस्तो महामारीको बेलामा समेत कमिसनको खेलमा लागेर भानुभक्तले आफ्नो त बदनाम गरे नै, हाम्रो क्षेत्रकोसमेत बदनाम गराए।हाम्रो विश्वास, भरोसा र मतको धज्जी उडाए।योभन्दा 'घटिया र हराम' काम अरु हुनसक्दैन।

     

    यस्तो 'पापिस्ट'लाई जिताएर पठाउनु हाम्रो ठूलो गल्ती भो।महामारीको बेला कमाउने धन्दामा लिप्त हुने भानुभक्त मानवता नभएको तुच्छ प्राणी रहेछन् ।अब यस्तो मान्छेलाई आखामा पट्टी बाधेर समर्थन र रक्षामा भुक्ने नेकपा हनुमानेहरु तिमीहरुलाई कुनै शरम छैन? एउटा भ्रष्टाचारी अनि कमिसनखोरको पक्षपोषणमा उत्रेर के सावित गर्न खोजेको हो तिमीहरूले?नेकपालाई जे गरे पनि हुन्छ; छुट पाउनुपर्छ भन्ने हो ?अलिकति नैतिकता भन्ने चिज छ तिमीहरूसंग?' गु'लाई 'गु' नभनेर अपुंगो पो भन्ने?लाज त छ छोपेर राख्नलाई ? भ्रष्टाचारीलाई जोगाउन राजनीतिमा लागेका हौ तिमीहरु कि देश र जनताको सेवा गर्नलाई?किन यस्तो नंगा नाचेको? सरम गर सरम। उता, भानुभक्तलाई भिलेन बनाएर डा. सुनील शर्मा ( डाक्टर हो भन्नेमाचाहिँ मलाई शंका छ।) लाई हिरो बनाउने कांग्रेसका हनुमानहरुको ताल झन विचित्रको छ।भानुभक्तलाई जिताएर गल्ती भो रे।शर्मालाई जिताएकोभए अर्कै हुन्थ्यो रे।भुत्रो अर्कै हुन्थ्यो ।

     

    के अर्कै हुन्थ्यो ? बताउ त। माफियागिरी र गुण्डागर्दीको आडमा सडकबाट उठेर अहिले नोबेल हस्पिटलका संचालक बन्न भ्याएका सुनील के कुनै चमत्कारिक व्यक्ति हुन र अर्कै हुन्थ्यो ? कांग्रेसी हनुमानेहरु, सुनीलको विगत बुझेर पनि बुझपचाएको कि बुझाउनुपर्ने हो? अलिकति बुझ, डा.ज्ञानेन्द्र गिरि , नवराज पाण्डेहरुलाई ( यी विचरा मनुवाहरु जिउँदै छन्, हाम्रै वरिपरि छन् ।पूरा वास्तविकता जान्न इच्छाभए सम्पर्क गर्न सक्छौं)तत्कालीन माओवादी जनसेनामार्फत अपहरण गराइ कामिडाडा पुर्‍याएर ज्यानमार्ने धम्की दिएर लुटेको होइन र त्यो नोबेल हस्पिटल सुनीलले ?नेपालको नम्बर १ मेडिकल माफियाको सूचीमा रहेको सुनीलले कसरी मुनाफाखोरी धन्दा चलाइरहेको छ त्यो पनि सबै खुलस्त पारिदिनुपर्ने हो?( थप विवरण पेस गरु कि आफैं पनि अलिकति कष्ट गरेर आफ्नो नेताको वास्तविकता के हो भनेर बुझ्न प्रयास गर्ने ?) हनुमानेहरु, सुनीलले राजनीति होइन व्यापार गरिरहेको छ।तिमीहरूको समर्थन र आडमा उसको लुटतन्त्र चलाइरहेको छ।सम्पत्ति शुद्धीकरण , नक्कली सर्टिफिकेट, अपहरण र करछलीजस्ता थुप्रै मुद्दा विचाराधीन छ उसमाथि ।

     

    अहिलेसम्म उसको भाग्य भनौं , सबै ठिकठाक चलिरहेको छ( नेपाल हो नि त)।तर उसको चरित्र, उद्देश्य र पृष्ठभुमि कुनै शुद्ध छैन। कुनै वैधानिक जगमा उभिएको छैन।उ त झन ठूलो स्वार्थ लिएर अघि बढेको मान्छे हो। 'नाफा नाफा, पैसा पैसा' उसको लक्ष्य हो।देखाउने एउटा, गर्ने अर्कै हो उसको धन्दा( लेखेर राख्नु, जुनदिन उसको व्यापारमा संकट पर्छ त्योदिन उसलाई न कांग्रेस चाहिन्छ, न तिमी हनुमानेहरु नै)।बाख्राको खोल ओढेको व्वासो हो उ। अनि कसरी सुनीलचाहिँ भानुभक्तभन्दा उत्तम हुनसक्छ हनुमानेहरु? त्यसैले म भन्छु, मोरङ क्षेत्र न.३ को लागि यी दुवैजना हितमा छैनन् ।भानुभक्त 'टुरिष्ट'थिए हाम्रोलागि।उसले आफ्नो असलियत देखाइसक्यो।उसलाई यो क्षेत्रको कुनै माया रहेनछ, न त यहाँका जनताको ।उसलाई मन्त्री हुनुथियो, भयो।आफ्नो दुनो सोझ्यायो। स्वार्थ पूरा गर्‍यो ।हामीप्रति उ जिम्मेवार रहेनछ। उता सुनील त झन शुद्द व्यापारी भइगयो।

     

    त्यो पनि कालो(अपराध / अवैध) पृष्ठभुमिबाट उदाएको खराब मान्छे ।हेक्का राखौं! दुवै पार्टीका हनुमानेहरु, अन्धो भएर फेसबूकमा समय बर्बाद नगरौं । यिनीहरू दुवै हाम्रालागि भिलेन हुन भिलेन। जबर्जस्ती हिरो बनाउने कुचेष्टामा दिमागलाई सास्ती नदिउ।यी दुईटै हाम्रालागि काम लाग्ने होइनन् ।त्यसैले यी दुवैजनालाई बहिष्कार गरौं र भोलिको दिनको लागि विकल्पको खोजी गरौं। र अन्त्यमा, अहिले विश्व नै कोरोनाजस्तो प्राणघातक भाइरसबाट ग्रसित छ।नेपालमा पनि यसको प्रभाव देखिएको छ।सबैजना 'लकडाउन'मार्फत आफू पनि बचौ,अरुलाई पनि बाच्न सहयोग पुर्‍याउनुस भनी हार्दिक अनुरोध गर्छु।नभुलौ, हाम्रो आफ्नै क्षेत्रमा राजनीतिक कोरोनारुपी भानुभक्त ढकाल र सुनील शर्मा भाइरल छन् , उनीहरुबाट बच्न पनि अपील गर्छु।नमस्कार। मनोज पौडेल, मोरङ ३

     

    यो लेखकको निजी विचार हो । यसमा रातोकलमको सम्पादकीय नीति प्रतिविम्वित छैन। हामी सबैखाले विचारको सम्मान गर्छौं-सम्पादक

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…