• बैशाख ३, झापा

     

     

     

    झापाको हल्दिवारीका एक युवकमा स्वास्थ्य कार्यालय झापाले बुधबार्र यापिड टेस्ट (आरडिटी) विधिबाट गरिएको परीक्षणका क्रममा एक युवकमा कोरोना एन्टिबडि देखिएको जनाइएको छ ।

     

    परिक्षणका क्रममा करिब एक महिना अघि दुबईबाट आएका ति युवामा समस्या देखिएको हो । युवकर्मा यापिड पोजिटिभ देखिएपछि स्वाब परिक्षणका कोशी अञ्चल अस्पताल पठाइएको हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिनुभयो । ती युवक सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए ।

     

     

    क्वारेन्टाइन र होम क्वारेनटाइटमा बसेका करिब ६० जनार्को यापिड टेष्ट गरिएको थियो । त्यसमध्ये ती युवकको मात्र पोजिटिभ देखिएको हो । चिकित्सका अनुसार ती युवकमा देखिएको प्रकृतिलाई फल्स पोजेटिभ अवस्था हो ।

     

     

    स्याब परिक्षण नगरेसम्म कोरोना भाइरस(कोभिड–१९) भन्न नमिल्ने चिकित्सको दाबी रहेको छ ।

     

    स्वावको रिपोर्ट बिहिबार बेलुका सम्ममा आउने त्यसपछि मात्र पोजेटिभ र नेगटिभ अवस्था छुट्याउन सकिने प्रदेश नं–१ जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएको छ । आरडीटि टेष्टमा कहिले काहीँ रगतमा त्यस्तो देखिने चिकित्सहरुले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…