• विराटनगर, बैसाख ३
    प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ ।
    ल्याबमा गरिने परीक्षण(पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिर्पोट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ जनाको नमुना संकलन भई परीक्षणमा पठाइएको थियो । पीसीआरतर्फका १८ जनाको रिर्पोट आउन बाँकी छ ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार सबैको परीक्षण नतिजा नेगेटिभ छ । अर्थात कसैमा कोरोना रोगको संक्रमण देखिएको छैन । आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमुना परीक्षण गरिएको छ ।
    यसैगरी पीसीआर विधिबाट प्रदेश १ मा बुधबारसम्म जम्मा २ सय ८४ जनाको नमुना परीक्षण गरिएको छ । जसमा ५० महिला र २ सय ३४ पुरुष छन् । प्राप्त नमुनामध्ये २ सय ६६ को रिर्पोट आएको छ । ती सबै नेगेटिभ छन् । परीक्षण गरिएकामध्ये ४२ महिला र २ सय २४ पुरुष छन् । १८ जनाको रिर्पोट आउन बाँकी छ ।

     

    धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।
    गत शनिबारबाट प्रदेश १ का क्वारेन्टाइनबाट नमूना परीक्षण गरी द्रुत गतिमा परीक्षण शुरु भएको हो । प्रदेश सरकारद्वारा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षणको प्रबन्ध भएको गरिएको छ । यसैगरी विराटनगरको कोशी अस्पतालमा स्थापना गरिएको ल्याबबाट पनि परीक्षण शुरु भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
    यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कूल ५ सय ६५ जना छ । जसमा ६२ महिला र ५ सय ३ जना पुरुष छन । तीमध्ये २५ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा भने १० जना छन् । होम क्वारेन्टाइनमा ६सय २७ महिला र ३ हजार ९२ पुरुष गरी जम्मा जम्मा ३ हजार ७ सय १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या हरेक दिन बढ्दो क्रममा रहेको देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…