• उर्लाबारी । उर्लाबारी नगरपालिका विपद राहत कोषमा संघीय लिम्बूवान मञ्च नेपाल उर्लाबारी नगर समितिले ३० हजार रुपैयाँ सहयोग गरेको छ ।
    आज मञ्चका नगर अध्यक्ष बरुण लाबुङले उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
    पार्टीको तर्फबाट २० हजार र मोरङ जिल्ला सचिवालय सदस्य रामकुमारी लिम्बूले १० हजार गरी नगद ३० हजार रुपैयाँ सहयोग गरेको मञ्चका नेता हरिराज खिम्दिङले जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनमा दैनिक मजदुरी गरी जिविकोपार्जन गर्दै आएका परिवारलाई राहत वितरणमा सहज होस् भनेर सहयोग गरेको अध्यक्ष लाबुङले जानकारी दिनुभयो । त्यस्तै, उर्लाबारीका शिक्षासेवी मानबहादुर फागोले २ सय ५० केजी चामल, ५ लिटर तेल र १० केजी दाल सहयोग गर्नुभएको छ । त्यस्तै, शाक्य लाखेजात्रा उर्लाबारीबाट नगद १० हजार रुपैयाँ सहयोग प्राप्त भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…