• काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

    हाल देशको पूर्वी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

    दिउँसोदेखि देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ।

    २४ घण्टाभित्र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार अहिले काठमाडौं उपत्यकाको भिजिबिलिटी ५ किलोमिटर र तापक्रम १५ डिग्री सेल्सियस रहेको छ ।

    अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

    प्रधानांगले पश्चिमी वायु कमजोर अवस्थामा पुगेकाले बिहीबार वर्षा कम हुने बताए ।

    तर शुक्रबारदेखि नयाँ वायुको प्रवेश गर्ने हुनाले सचेत रहन प्रधानांगले बताए । उनले शुक्रबार र शनिबार बढी नै सचेत हुन आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…