• काठमाडौं । कोरोना भाइरसले मुलुकमात्र होइन विश्व जगतनै त्राहीमाम भइरहेको छ । मुलक लकडाउनमा छ ।

    यस्तो महामारी र विषम परिस्थितीमा सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा। युवराज खतिवडाले एउटा गम्भीर विषय लुकाएको खुलासा भएको छ । सिंगो मुलुक र सरकारलाई किन ढाट्दै हुनुहुन्छ अर्थमन्त्री खतिवडा ज्यू, जवाफ चाहियो , आम नागरिकहरुको समेत प्रश्न हो यो ।

    सनसिटी अर्पाटमेन्टमा अर्थमन्त्री खतिवडाका छोरा तिलक खतिवडा परिवारको साथमा बस्दै आएको र छोरा तिलक सनसिटी अर्पाटमेन्टको कमिटिका सचिवमा निर्वाचित भए पछि बधाई दिने क्रममा अर्थमन्त्री खतिवडा पुगेको पक्कापक्की भएको छ । खतिवडा ११ चैत्रमा लकडाउनका समयमा सनसिटीमा पुगे । उनी परिवारलाई भेट्न पुगेका थिए ।

    अहिले दुईजना कोरोना भाइरसका संक्रमित भेटिए लगत्तै सनसिटीमा पुग्ने निर्वाचन र बधाईमा सहभागी हुनेहरुको खोजी गर्दा अर्थमन्त्री खतिवडाको नाम आएको हो । उनीहरु चैत्रको पहिलो हप्ता बेलायतबाट आएका परिवारका सदस्यहरु हुन् ।

    बेलायतबाट नेपाल आएका सनसिटीमा बस्ने परिवारका सदस्य कोरोना भाइरस संक्रमित भेटिएपछि सनसिटीमा अहिले शिल्ड गर्दै धमाधम टेष्ट भइरहेको छ । लगत्तै अर्थमन्त्री खतिवडा पनि त्यहाँ केही समयअघि पुगेको खुलेको थियो । सो कुरा अहिले पनि ढाकछोप गर्ने काम भइरहेको छ ।

    अर्थमन्त्री खतिवडा सनसिटीमा पुगेका चर्चा चले पनि उनी क्याबिनेट बैठकमा सहभागी भए ।

    कोरोना भाइरसका दुईजना संक्रमित भेटिएको सनसिटी अर्पाटमेन्टमा ११ चैत्रमा अर्थमन्त्री डा। युवराज खतिवडा पुगेको थिए । उनी पुगेको रेकर्ड गार्ड कमाण्डर लोकेन्द्र केसीले प्रष्टरुपमा राखेको देखिन्छ ।
    अर्थमन्त्री खतिवडा ११ चैत्रको साँझ ५ बजेतिर प्रवेश भएको र ५ः५५ मा निस्केका थिए ।

    उनको बा २ झ ३७३३ नम्बरको झण्डावाला गाडी थियो भन्ने पुष्टि भएको छ । अर्पान्टमेन्टको कमिटिका सदस्य पुष्कर रेग्मीले मन्त्री खतिवडा त्यहाँ ११ चैत्रमा पुगेको स्पष्ट पारे । तर, ८ चैत्रमा त्यहाँ कमिटिको चुनाव भएको र नपुगेको बताए । उनले भने, चुनाव भएको दिन उहाँ आउनुभएको थिएन ।

    उनले थपे, ११ चैत्रमा उहाँ आउनुभएको हो । अर्थमन्त्री खतिवडाको त्यहा अर्पाटमेन्ट रहेको जानकारी दिए । कोरोना संक्रमित फेला परेको ठाउँमा पुगेकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । सरकारले यसअघि क्वारेन्टाइनमा बसेकालाई भेट्न पुगेका प्रदेश २ का मन्त्री प्रदीप यादवलाई क्वारेन्टाइनमा बस्न निर्देशन गरेको थियो ।

    यस्तो खबरले सन्सनी छाए पछि आम नागरिक र सरकारलाई जवाफ चाहियो अर्थमन्त्री खतिवडा ज्यू । भएको के हो ? तपाईले समयमै जवाफ दिन जरुरी छ ।

    सन्चार माध्यममा तपाईका बारेमा धेरै खबर छाइसकेको छ । आफै बोल्नुस् । वास्तविकबाट नपन्छिनुस् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…