•  

    उर्लाबारी । उर्लाबारी हङकङ परिवारले नमूना बाल गृहलाई १ लाख ३ हजार बराबरको खाद्यान्य, ग्याँस र स्कूल डे«स सहयोग गरेको छ ।

    आज उर्लाबारी परिवार हङकङका संस्थापक अध्यक्ष पूर्ण वाइबा, कोषाध्यक्ष देवी लामा घिसिङ र सदस्य अनु योञ्जनले संयुक्त रुपमा उक्त सामाग्री गृहकी अध्यक्ष मिना बराललाई हस्तान्तरण गर्नुभएको हो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि उर्लाबारी–७ स्थित उक्त बाल गृह समस्यामा परेको थियो । गृहका आश्रित ४३ जना बालबालिकाहरुलाई २७ हजार ५ सयको स्कुल डे«स, १७ हजार १ सयको १२ थान ग्याँस र ५८ हजार ४ सयको खाद्यन्य सामग्री प्रदान गरिएको संस्थापक अध्यक्ष वाइबाले जानकारी दिनुभयो । गृहकी अध्यक्ष मिनादेवी बरालले संकटको घडीमा उल्लेख्य परिमाणमा सहयोग सामग्री उपलब्ध गराइदिएकोमा उर्लाबारी परिवार हङकङप्रति कृतज्ञता प्रकट गर्नुभयो ।

    गृहमा आश्रित बालबालिकाहरुलाई लागि केही सहयोग होस् भन्ने हेतुले सहयोग गरेको उर्लाबारी हङकङ परिवारका अध्यक्ष रञ्जित कार्कीले बताउनुभयो । उहाँका अनुसार उर्लाबारी नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक लाख २० हजार पाँच सय बराबरको खाद्य सामग्री प्रदान गरेको छ । उक्त संस्थाले केही दिनअघि उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई १ हजार आठ सय केजी चामल, दुई सय केजी दाल, एक सय लिटर तेल, सय केजी नून र सय थान साबुन हस्तान्तरण गरिएको थियो । उर्लाबारी परिवार हङकङले यसअघिपनि स्थानीयलाई विपदको अवस्थामा उल्लेख्य सहयोग पुर्याउदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…