•  

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं सूचना, संचार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न पाँच बुँदे सुझाव सरकारलाई दिनु भएको छ । स्वास्थ्य उपकरण अपुगको समस्य, परिक्षण गर्ने केन्द्रहरु बिस्तार गर्दै ¥यापिड टेस्टको परिणाम विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएकाले पिसिआर विधिको ब्यापकता बढाउनु पर्ने , बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर युद्धस्तरमा तयारी गर्न, कैलाली, बीरगञ्ज, रौतहट र काठमाडौं पेप्सिकोलाको घटनाबाट पाठ सिक्दै परिक्षणको दायरा बढाउन सरकारलाई प्रवक्ता शर्माले आग्रह गरेका छन् ।

    त्यसका लागि ‘घुम्ती स्वास्थ शिविर’ को शैलीमा समुदाय समक्ष सेवा पु¥याउन आग्रह गरिएको छ । अतः नेपाली कांग्रेस गाउँ तहसम्म ‘घुम्ती परिक्षण शिविर’ चलाउने तयारी तत्काल शुरु गर्न तिनै तहको सरकारलाई युद्धस्तरमा समन्वय साथ कार्य गर्न अपील गर्दछ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    शर्माको विज्ञप्तिमा भनिएको छ– लक डाउनको समय थप्ने तर कोरोनासँग जुध्ने गति र सतर्कताको मात्रा नथप्न हो भने लकडाउन गरेर मात्रै कोरोनालाई परास्त गर्न सकिन्न । कमजोरीलाई तत्काल सच्याउँदै सतर्कताको स्थितिलाई मजबुत तुल्याउन नेपाली कांग्रेस सरकार समक्ष अपील गर्दछ । पाँच बुँदे विज्ञप्तिको पहिलो नम्बरमा लेखिएको छ– अत्यावश्यक मेडिकल सामग्री खरिद गर्ने या निश्चित मुलुकबाट मानवीय सहयोगका रूपमा आयात गर्ने कार्यमा अझैपनि ढिलाइ भइरहेको बिषयलाई नेपाली कांग्रेसले गम्भीरता पूर्वक लिएको छ । कोरोनाबाट संक्रमितको संख्या बढ्दै गएको आजको मितिमा सामग्रीको पर्याप्त बन्दोबस्त गर्न अब रत्तिभर ढिलाइ नगर्न सरकारलाई नेपाली काँग्रेस आग्रह गर्दछ ।

    त्यस्तै दोस्रोनम्बरमा परिक्षण गर्ने केन्द्रहरु बिस्तार गरिनु सकारात्मक हो तर ¥यापिड टेस्टको परिणाम भने विश्वब्यापी रुपमै विश्वसनीय र भरपर्दो नदेखिएको स्थितिमा हामीले पिसिआर विधिको ब्यापकता बढाउन जरुरी छ । त्यसैगरी नियमित उपचारमा प्रयोगमा रहेका अस्पतालहरुमै कोरोना परिक्षण र उपचार गर्ने कार्य अत्यधिक जोखिमपूर्ण रहेकोे र त्यसबाट संक्रमणले ब्यापकता पाउन सक्ने कतिपय देशको अनुभवले देखाएको छ । बाह्य अनुभवलाई गम्भीरतापूर्वक लिएर आवश्यक वैकल्पिक बन्दोबस्त गर्न युद्धस्तरमा तयारी गर्नुपर्ने विकल्पको अर्को कुनै विकल्प सोचिनु हुन्न भनिएको छ ।

    चौथो बुँदामा भनिएको छ– राजधानीको पेप्सिकोला स्थित सनसिटी अपार्टमेण्टका एक परिवारका दुई सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको घटनाले उब्जाएका प्रश्नहरुलाई गम्भीरता साथ लिन र बेलायतबाट आएको २८ दिनपछि परिक्षण पोजिटिभ देखिनु तर पोजिटिभ देखिएका ब्यक्तिहरुमा बाह्य लक्षण नदेखिनु, हाम्रा सन्दर्भमा बिशेष रुपले गम्भीर बिषय हो प्रवक्ता शर्माको विज्ञप्तिमा उल्लेख छ ।

    त्यसै गरी लकडाउन शुरु हुनुभन्दा अघिल्लो हप्ता देशका विभिन्न नाकाबाट करिब २ लाख नेपाली अव्यवस्थित ढंगले प्रवेश गरेका थिए । प्रवेश गरेका मध्ये १५ प्रतिशत भन्दा कम मात्रै क्वारेन्टाइनमा बसे । बिदेशबाट आएको २८ दिनमा सनसिटी अपार्टमेण्टमा बसेकामा संक्रमण देखिएको स्थिति झैं बाहिरबाट आएर गाउँमा छरिएका कोहि कसैमा लक्षण नदेखिने Asymptomatics रहेछ भने त्यसले भयावह स्थिति निर्माण गर्न सक्दछ शर्माको चेतावनी छ । जस्तो धादिङमा संक्रमण देखिएका युवा ४० दिन अघि कोरियाबाट फर्किएका थिए । लकडाउनको समयमा पनि देशका विभिन्न नाकाबाट कोहि लुकिछिपी प्रवेश गरेका या गर्न सक्ने अबस्थाको अहिले पनि अनुगमन गर्न सकेको छैन ।

    हालसम्म विश्वमा २० लाख १८ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ भने १ लाख २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण सबैभन्दा बढी अमेरिकामा २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । तर नेपालमा भने संक्रमितको संख्या १६ मात्र रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…