• विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख १५ गतेसम्मलाई लकडाउन गरेको छ । कोरोनाको त्रासले एक महिनायता नेपाली चलचित्रको छायांकनदेखि प्रदर्शनसम्म स्थगित हुँदा कलाकारहरु पनि लक डाउनका कारण घर भित्रै छन् । कलाकारहरु कोही आफ्नो परिवारसंग समय बिताइरहेका छन् भने कोही श्रीमान् वा श्रीमतीसँग खाना पकाइरहेका छन् , कोही किताब पढ्दै, चलचित्र हेर्दै बसेको देख्न सकिन्छ ।

    यसैक्रममा अभिनेता आर्यन सिग्देल लकडाउनको समय खेतमा काम गरेर सदुपयोग गरिरहेका छन् । लामो समयदेखि काठमाडौंमा बस्दै आएका उनी श्रीमती र छोरासहित लकडाउनपछि थानकोट फर्किएका हुन् । त्यहाँ उनको आमा-बुबा बस्ने गर्दछन् । उनले बिहीवार आफ्नो आधिकारिक इन्स्टाग्राममा आमासँग खेतमा काम गर्दै गरेको तस्विर साझेदार गरेका छन् । उनी कुटोले तरकारी रोप्नका लागि खेत खन्दै गरेको देख्न सकिन्छ । तस्विरमा छेवैमा उनकी आमा पनि छिन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…