• काठमाडौँ, ४ वैशाख (रासस) :
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ को रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ । आज मन्त्रालयले सूचना जारी गरी कोभिड– १९ को उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि ¥यापिड डाइनोष्टिक टेष्ट (आरडिटी)बाट परीक्षण गरिने मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

     

    यस्तै चैत महिनाभित्र विदेशबाट आएका सबैको आरडिटीबाट कोभिड– १९ को समेत परीक्षण गरिने भएको छ । मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाएको छ ।

     

    नेपाल कोभिड– १९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ । अहिलेसम्म नेपालमा १६ जनामा कोभिड– १९ सङ्क्रमण देखिएको छ । नेपाल कोभिड– १९ को दोस्रो चरणमा प्रवेश गरेको छ । सम्भावित सङ्क्रमण बढ्न नदिन सरकारले यही वैशाख १५ गतेसम्म लकडाउन कायम राखेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…