• ताप्लेजुङ, ४ बैशाख । यतिवेला विश्व नै कोरोनाको महामारीले आक्रान्त बनेको बेला नेपालको सूदुरपूर्वी जिल्ला ताप्लेजुङ भने डढेलोले उराठमय बनेको छ । त्यसैले त ताप्लेजुङका ग्रामीण भेगका स्थानीयलाई कोरोनाको भन्दा वनमा लागेको डढेलोको डरले बढि सताइरहेको छ । किन कि यतिवेला जिल्लाका अधिकांश वनमा डढेलो लागेको छ ।

    फक्ताङलुङ गाउँपालिकाको सावादिन, मिक्वाखोलाको खोक्लिङ र लिवाङ, मेरिङ्देनको सान्थाक्रा, आठराई त्रिवेणीको फुलबारी, फुङलिङको दोखु, पाथीभरा याङवरकको नाङखोल्याङ लगायतका जंगलमा अहिले डढेलो लागिरहेको छ ।

    डढेलोका कारण कतिपय बस्ती र स्थानीयको घरसमेत जोखिममा परेका छन् । बुधबार दिउँसो मात्रै नाङखोल्याङको मेवाखा जंगलमा आगो लाग्यो । मेवाखा बस्तीलाई आगोबाट जोगाउन फुङलिङ नगरपालिकाको दमकलसहित सुरक्षा निकायका प्रमुखहरू पुगे । आगो नियन्त्रणका लागि सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले बस्तीछेउमा अग्निरेखा बनाए ।

    जतातजै डढेलो लागेपछि धुवाँका कारण ताप्लेजुङको आकाश प्रदूषित बनेको छ । पुस माघदेखि वैशाख जेठसम्म वनमा लाग्ने डढेलोको त्रास हुने पाथिभरा याङ्वरक १ नाङ्खोल्याङका जयनारायण श्रेष्ठ बताउँछन् । कोरोना भइरसको भन्दा पनि आगोको डर धेरै रहेको मेवाखाका डम्बर श्रेष्ठले बताए ।

    ‘साँझपख बस्ती नजिकै वनमा डढेलोको मुस्लो देखिन्छ’, श्रेष्‍ठले भने, ‘कसरी निदाउन सक्नु? हामीलाई कोरोनाको डर छैन तर जंगलमा लागेको डढेलोले घर लैजाला कि भन्ने डर छ ।’ वनक्षेत्रमा देखिने डढेलो घाँस–दाउरा गर्न, वस्तु चराउन जाने गोठाला र नदिमा माछा मा’र्न जानेले लगाउने गरेको स्थानीयको बुझाइ छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…